काठमाडौँ । पाकिस्तानको बलूचिस्तानका एक मछुआरले समातेको एक माछा भारतीय रुपैयाँ ७ लाख ८० हजारमा बेचेको विषय अहिले चर्चामा रहेको छ ।
अब्दुल हक र उनीसँग काम गर्ने एक मछूवारलेक्रोकर नाम गरेको माछा समेतपछि उनीहरु अहिले चर्चामा रहेका छन् ।
२६ किलोको यो माछा बजारमा प्रतिकिलो ३० हजारको दरमा बोलि लगाएर ७ लाख ८० हजारमा बेचेको बिबिसीले उल्लेख गरेको छ ।
बर्षमा केबल दुई महिना समात्न सकिने यो क्रोकर माछा विशेष प्रकारको माछा हुने गर्छ । यस माछालाई अंग्रेजीमा क्रोकर, उर्दुमा सवा र बलूची भषामा कुर भन्ने गरिन्छ ।
एक बर्ष अगाडी यस्तै क्रोकर माछालाई एक मछुअरले १७ लाखमा बेचेका थिए ।
ग्वादर डेभलपमेन्ट अथोरिटीका सहायक निर्देशक एवं जीव विज्ञानिक अब्दुल रहीम बलोचले क्रोकर माछा महँगो हुनुमा यसमा हुने एयर ब्लडर कारण भएको बताएका छन् ।
यस माछाको मासुलाई चिकित्सा उपयोगमा आउने हुनाले महँगो भएको उनले बताएका छन् । यस माछाको एयर ब्लडरबाट एक विशेष प्रकारको टाँक बनाइने जो शरीर भित्र हुने अप्रेशनमा टाँका लगाउन प्रयोग हुने अब्दुलले बताए ।









