काठमाडौँ । जेम्स बण्ड सिरिज बनाउदै आएको फिल्म निर्माण कम्पनि एमजीएमलाई अमेजनले किन्ने निश्चित भएको छ ।
सन १९२४ अप्रिल १७ मा निर्माण भएको एमजीएम स्टूडियोजलाई अमेजनले ८.४५ अर्ब डलरमा अमेजनले किन्ने भएको हो । एमजीएमलाई मारकस लोए र लुइस बी मेयरले गरेका थिए । उनीहरुका चार पिढीले यस स्टूडियोज मार्फत जेम्स बण्डका फिल्म निर्माण गर्दै विश्व मनोरंजन क्षेत्र अलग पहिचान बनाएका छन् ।
सिनेमाको एकलौटी मनोरंजनलाई तोड्दै अब ओटीटी प्लेटफर्म हावी दुवै गएको बेला अलग पहिचान बनाएको एमजीएम बिक्रि भएको हो ।
ओटीटी प्लेटफर्ममा अमेजन प्राइम भिडियोले नेटफ्लिक्सलाई जित्न गरेका अनेक प्रयत्न मध्ये जेम्स बण्ड सिरिजको निर्माता कम्पनिलाई किन्नुलाई पनि एक मानिएको छ ।
अमेजनले भनेको छ- एमजीएमको विरासत र यसका फिल्मको सुचीलाई सुरक्षित मात्र गरिने छैन यसका महान फिल्मलाई ग्राहक समक्ष अझ राम्रो सुविधाका साथ उपलब्ध गराइने छ ।'
एमजीएमले अहिलेसम्म ९७ बर्षको आफ्नो इतिहासमा चार हजार भन्दा बढी फिल्म र टिभी शो रहेका छन् । एमजीएमका फिल्मले अहिलेसम्म १८० ओस्कार अवार्ड जितेका छन् । अमेजनले एमजीएमलाई यति ठुलो रकम दिनुको पछाडी यसका यी सबै उत्पादनको बौद्धिक सम्पत्तिको अधिकार भएको बताइएको छ ।









