• २०८१ बैशाख १९ बुधबार

निशेधाज्ञाको अवधिभर बैंकहरु आलोपालो गरी खुल्ने

kharibot

काठमाडौ । निशेधाज्ञाको अवधिभर बैंकहरु आलोपालो गरी खुल्ने भएकाछन । नेपाल राष्ट्र बैंकले आलोपालो गरी शाखा सञ्चालन गर्न बैंक तथा फाईनान्स कम्पनीहरुलाई निर्देशन दिएसंगै बैंक तथा फाईनान्स कम्पनीहरु सोही अनुरुप खुल्ने भएका हुन ।

राष्ट्र बैंकले आज सोमबार सुचना जारी गर्दे भनेको छ, बिश्वव्यापीरुपमा फैलिरहेको कोभिड १९ को संक्रमण जोखिम न्युनीकरण गर्दे उच्च सर्तकताका साथ सेवा प्रवाह गर्ने सम्वन्धमा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स र लघुबित्त संस्थाहरुलाई यही बैशाख १९ गते जारी गरिएको निर्देशनको बुदा नम्बर २ को सम्वन्धमा काठमाडौ उपत्यकाको हकमा निशेधाज्ञा अवधिभर बाँणिज्य बैंकहरुको हकमा काठमाडौ जिल्लामा तीन वटा, ललितपुर जिल्लामा दुई वटा र भक्तपुर निल्लामा एउटा शाखा आलोपालो गरी खोल्नु पर्ने छ । बिकास बैकहरुको हकमा काठमाडौ जिल्लामा दुई वटा, ललितपुर जिल्लामा एक वटा र भक्तपुर जिल्लामा एक वटा शाखा आलोपालो गरी खोल्नु पर्ने छ ।

यसैगरी फाईनान्स कम्पनीहरुको हकमा भने काठमाडौ जिल्लमा एउटा, ललितपुर जिल्लामा एउटा र भक्तपुर जिल्लामा एउटा शाखा आलोपालो गरी सञ्चालन गर्नुपर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै