• २०८३ मङ्सिर ८ मंगलबार

लिभरपुलको संघर्षपूर्ण जितमा गोलकिपर एलिसनको गोल

लिभरपुलको संघर्षपूर्ण जितमा गोलकिपर एलिसनको गोल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुल वेस्ट ब्रोमविचसँग २-१ गोलले विजयी भएको हो ।

१-१ गोलको बराबरी रहेको अवस्था खेलको ९५औ मिनेटमा लिभरपुलका लागि एलिसन बेकरले गोल गर्दै लिभरपुललाई महत्वपूर्ण जित दिलाएका हुन् । एलेक्जेन्डर आर्नोल्डले हानेको कर्नरमा गोलकिपर एलिसनले हेड गर्दै गोल गरेर लिभरपुललाई जिताएका थिए ।  

यसअघि लिभरपुलका लागि मोहमद सलाहले एक गोल गरेका थिए भने वेस्ट ब्रोमविचका लागि हल रोबसन कानुले एक गोल गरेका थिए ।

यो जीपछि लिभरपुल ३६ खेलमा ६३ अंकसहित पाचौ स्थानमा नै रहेको छ । त्यस्तै रेलिगेसनमा गइसकेको वेस्ट ब्रोमविचको भने ३६ खेलमा २६ अंक रहेको छ ।

लिगमा शिर्ष चारमा पर्न सघर्षरत लिभरपुलले अब बाँकी खेल मे २० मा बर्नलीसँग र मे २३ मा क्रिस्टल म्यलेससँग खेल्ने छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै