• २०८३ मङ्सिर ८ मंगलबार

अध्ययनको दाबि- सरकारहरुले लुकाए कोरोनाबाट मृत्यु हुनेको संख्या, कति छ वास्तविक आँकडा ?

अध्ययनको दाबि- सरकारहरुले लुकाए कोरोनाबाट मृत्यु हुनेको संख्या, कति छ वास्तविक आँकडा ?

प्रतिनिधि तस्बीर

काठमाडौँ । विश्वभर कोरोना महामारीले जनजीवन अस्तव्यस्त बनाएको छ । वर्ल्डो मिटर्सको पछिल्लो डाटा अनुसार अलग अलग देशको अपडेट डाटा अनुसार विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट ३३ लाख ६० हजारले ज्यान गुमाएका छन् ।

तर विश्वका कैयौं देशले आफ्नो देशको मृत्युको आँकडा लुकाएको आरोप लागेको छ । हालै हेल्थ म्याट्रिक्सले गरेको एक विश्लेषण अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या वास्तविक बताइएको संख्या भन्दा डबल बढी रहेको उल्लेख गरिएको छ । हेल्थ म्याट्रिक्सको रिपोर्ट अनुसार विश्वभर कोरोनाले ६९ लाख भन्दा बढीको ज्यान लिएको बताइएको छ । यो अहिलेको सरकारी आँकडा भन्दा डबल हो ।

हेल्थ म्याट्रिक्सले सबै भन्दा बढी मृत्यु अमेरिकामा भएको र सरकारी आँकडा निकै कम देखाएको उल्लेख गरेको छ । त्यस्तै भारत, मेक्सिको लगायतका देशमा सरकारी आँकडा भन्दा दुई गुणा बढीको मृत्यु भएको र रुसमा पाँच गुणा बढीको मृत्यु भएको उल्लेख छ । 
हेल्थ म्याट्रिक्सको रिपोर्टमा अमेरिकामा अहिलेसम्म ९ लाख ५ हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ जबकी सरकारी आँकडामा केबल ५ लाख ७४ हजारको मृत्यु भएको बताइएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ६ लाख ५४ हजार भन्दा बढीको मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको छ भने सरकारी आँकडामा अहिलेसम्म २ लाख २१ हजारको मृत्यु भएको बताइएको छ ।

त्यस्तै मेक्सिकोमा ६ लाख १७ हजारको मृत्यु भएको र सरकार आँकडामा २ लाख १७ हजारको मृत्यु भएको उल्लेख छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ५ लाख ९५ हजारको मृत्यु भएपनि सरकार आँकडामा ४ लाख ८ हजारको मृत्यु भएको उल्लेख छ । त्यस्तै रुसमा अहिलेसम्म ५ लाख ९३ हजारको मृत्यु भएकोमा सरकारी आँकडामा केवल एक लाख ९ हजार मात्र उल्लेख गरिएको बताइएको छ ।
त्यस्तै बेलायतमा २ लाख ९ हजारको मृत्यु भएकोमा सरकारी आँकडामा एक लाख ५० हजार मात्र उल्लेख गरिएको छ ।

त्यसैगरी इटाली, इजिप्ट, इरान, दक्षिण अफ्रीका, पोल्याण्ड, पेरु, युक्रेन, फ्रान्स, स्पेन, जर्मनीलगायतका देशले कोरोनाबाट मृत्यु हुनेको सहि संख्या उल्लेख नगरेको आफ्नो विस्तृत अध्ययनमा उल्लेख गरिएको छ ।

रिपोर्टमा सरकारहरुले अस्पतालमा परिक्षण पछि मृत्यु भएकाको आँकडा मात्र प्रस्तुत गरिएको तर परिक्षण नगरिएका र घरमै मृत्यु भएकाको संख्या उल्लेख नगरेको पाइएको उल्लेख छ । साथै मृत्युको संख्या कम देखाउनुको अर्को कारण परिक्षण कम हुनु पनि भएको उल्लेख छ ।

हेल्थ म्याट्रिक्सको विस्तृत रिपोर्ट यस लिंकमा पढ्न सकिन्छ

वर्ल्डोमिटरको कोरोना भाइरसको अपडेट यस लिंकमा हेर्न सकिन्छ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै