काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिड उपाधि जिततर्फ अगाडी बढेको छ । गएराती सम्पन्न खेलमा रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गर्दै एटलेटिको म्याड्रिडले थप ३ अंक हासिल गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा एंगल कोरिया र यानिक क्रासकोले एक एक गोल गरेका थिए । त्यस्तै रियल सोसियडाडका लागि इगोर जुबेलडियाले एक गोल फर्काएका थिए ।
यो जितपछि ३६ खेल खेलेको एटलेटिको म्याड्रिडको ८० अंक भएको छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाभन्दा ४ अंकले अगाडी भएको छ । बार्सिलोनाको ३६ खेलपछि ७६ अंक रहेको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३५ खेलमा ७५ अंक रहेको छ ।
ला लिगा अन्तर्गत अब दुई खेल खेल्न बाँकी रहेको एटलेटिकोले अब मे १६ मा ओसासुना र मे २३ मा भल्लाडोलिडविरुद्ध खेल्ने छ ।
त्यस्तै रियल सोसियडाडको भने ३६ खेलपछि ५६ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा छ ।









