• २०८१ बैशाख १८ मंगलबार

अब बन्ने सरकारलाई सघाउ पुर्याउँछौँ : रक्षामन्त्री प्रधान

kharibot

खोटाङ । रक्षामन्त्री भीमसेनदास प्रधानले अब बन्ने सरकारलाई सकारात्मक सोचका साथ सघाउ पुर्याउने बताए । स्थायी सरकार गठनका लागि जनताले वाम गठबन्धनलाई स्पष्ट बहुमत दिएकाले उक्त जनमतको कदर वाम गठबन्धनले गर्नुपर्ने बताए । 

प्रेस युनियन, खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै उनले भने, ‘हामी आशा गरौँ, अब बन्ने सरकारले मुलुकलाई सुशासन देओस्, समृद्धि देओस्, भ्रष्टाचारलाई न्यूनीकरण गरोस्, त्यो हाम्रो चाहना हो ।’ उनले थपे, ‘त्यो विषयलाई लिएर नेपाली काँग्रेस प्रतिपक्षमा रहेर सजगताका साथ हेर्छ ।’

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काँग्रेस हारे पनि लोकतन्त्रले जितेको बताउँदै उनले काँग्रेसले खोजेको लोकतन्त्रको बाटो कहिल्यै बिचलन हुन नदिने बताए । 

‘लोकतन्त्रका आधारभूत कुरा प्रेस स्वतन्त्रता, मानव अधिकार, सुशासन, समावेशी, समानुपातिक प्रतिनिधित्व, विधिको शासन, स्वतन्त्र न्यायालय तलमाथि हुने अवस्था नआओस्,’ अब बन्ने सरकारप्रति लक्षित गर्दै उनले भने, ‘त्यो भएमा हिजोजस्तै राणाशासन, पञ्चायत र राजतन्त्रको विरुद्धमा लडेजस्तै नेपाली काँग्रेस लड्न तयार छ ।’

हलेसी दर्शन, हलेसीमा भएको आगलागीको घटना निरीक्षण, दिक्तेलको मुडेस्थित शेरगण निरीक्षण तथा पार्टी कार्यकर्ता भेटघाटका लागि खोटाङ आएका रक्षामन्त्री प्रधानले एमाले लोकतन्त्रमा रुपान्तरित भएको बताए । 

‘एमालेको विधि–व्यवहार सबै लोकतान्त्रिक पार्टीकै जस्तो छ,’ उनले भने, ‘माओवादी केन्द्रले के गर्ला भन्ने हेर्नुपर्ने अवस्था छ । उहाँहरु भर्खर मात्रै संसदीय अभ्यासमा आउनुभएको हो ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै