• २०८१ बैशाख १७ सोमबार

विल गेट्स र मेलिन्डाबीच सम्बन्ध विच्छेद

kharibot

काठमाडौं । माइक्रोसफ्टका संस्थापक विल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सबीच सम्बन्ध विच्छेद भएको छ । दुवैले आफ्नो २७ बर्षको वैवाहिक जीवनको अन्त्यको घोषणा गरेका हुन् । 

सामाजिक संजालमार्फत विल र मेलिन्डाले आफुहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको बताएका छन् । 

विश्वभर उदाहरणीय जोडीको रुपमा रहेको र सामाजिक कामबाट समेत सधै चर्चामा रहने यो जोडीको सम्बन्ध विच्छेदले धेरैलाई आश्चर्यमा पारेको छ । 

उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, 'धेरै सोच-विचार र हाम्रो सम्बन्धमा काम गरेपछि हामीले हाम्रो सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।'

अलग भएपछि पनि दुवैले विल एण्ड मिलिन्डा फाउन्डेसनको काम जारी राख्ने बताएका छन् । सन २००० मा स्थापना गरिएको यो फाउन्डेसनले अहिलेसम विश्वभर विभिन्न क्षेत्रमा लगभग ५४ बिलियन डलरको सहयोग गरिसकेको छ । 

मिलिन्डाले वाशिंटनस्थित किंग काउन्टीमा सम्बन्ध विच्छेदको लागि निवेदन दिएको सिएनएनले बताएको छ । सम्बन्ध विच्छेदको निवेदनमा आर्थिक विषयलाई भने खुलाइएको छैन । 

विश्वकै धनि व्यक्ति मध्येका एक ६५ बर्षिय विल गेट्स र ५६ बर्षिय मिलिन्डाको भेट माइक्रोसफ्ट मै भएको थियो ।  जसमा बिल प्रमुख कार्यकारी अधिकृत थिए भने मिलिन्डाले माइक्रोसफ्टमै प्रोडक्ट म्यानेजरको रुपमा कम शरू गरेकी थिइन् । उनी त्यति बेला माइक्रोसफ्टमा एक मात्र महिला एमबिए ग्रयाजुएट थिइन् । बिल र मिलिन्डा माइक्रोसफ्टमा आएको केहि समय पछि नै दुवैको भेट १९८७ मा न्युयोर्कमा भएको थियो । पछि दुवैले सन १९९४ मा विवाह गरेका थिए । दुवैका तीन छोरा छोरी रहेका छन् । 

अहिले कोरोना महामारीका बेला कोरोनाविरुद्धको खोप अभियानमा बिल र मिलिन्डाले आफ्नो फाउन्डेसनबाट १.७५ बिलियन डलरको सहयोग जुटाएर काम अगाडी बढाएका छन् ।               

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै