काठमाडौँ । अमित कुमार बिहिवार राती दश बजे अक्सिजनको लाइनमा लागेका थिए, थुप्रै प्रयास गर्दा शुक्रबार बिहान नौं बजे उनको सिलिन्डर भरियो अब उनको बिरामीको लागि २४ घण्टाको अक्सिजन छ तर त्यस पछि के हुनेछ थाहा छैन ।
तर लखनऊमा सबै मानिस उनी जस्तो भाग्यमानी छैनन्, सीमा श्रीवास्तव र उनको श्रीमान राकेश कोभिड-१९ का बिरामी हुन्, सिमाको बिहिवार मृत्यु भयो, सामाजिक संजालमा उनीहरुको सहयोगको लागि थुप्रै मेसेज भाइरल भए, मानिसहरुले अधिकारीलाई कल गरे र ११२ सेवा उनीहरुलाई उपलब्ध हुने भरोषा दिए तर कुनै सहयोग पुगेन ।
बिहिवार राती उनको मृत्यु भयो तर उनको श्रीमान भने ओछ्यानमा सुतिरहेका छन् । उनको लागि न आक्सिजनको सिलिन्डर छ न अस्पतालमा बेड । उनको छोरा निकै आत्तिएका छन् । आमाको मृत्यु भइ सकेको छ र बुवाको जीवन रक्षाको लागि गुहार लगाउदै छन् ।
उत्तर प्रदेशको राजधानी लखनऊमा महामारीले हाहाकार मच्चेको छ । न त अस्पतालमा पर्याप्त बेड छ न अक्सिजन उपलब्ध ।
के गर्दै छ भारत सरकार?
समस्या निकै गम्भीर छ र यस भागदौडको माहोलमा सरकार केहि प्रयास गर्दै छ तर निकट भविष्यमा पुरै समाधान सम्भव हुने देखिदैन । राजधानी लखनऊमा अक्सीजनको आपूर्तिको लागि एक विशेष ट्रेन झारखंडको बोकारो पठाइएको छ ।
उक्त ट्रेन शनिवार बेलुका सम्म अक्सिजन लिएर लखनउ पुग्नेछ तब सम्म लखनऊमा थुप्रै मानिसको जीवन जोखिममा परेको छ ।
लखनऊमा अक्सीजनको उपलब्धताको बारेमा केहि जानकारी दिइएको छैन ।
उत्तर प्रदेश सरकारका मन्त्री सिद्धार्थनाथ सिंहको अनुसार, “प्रदेशमा ९० मध्यम र लघु उद्योग संग अक्सिजन उत्पादन गरें क्षमता रहेको छ । उनीहरु २८० अस्पतालमा आपूर्ति गरिरहेका छन्, ती अस्पताललाई यहाँबाट अक्सिजन पठाउन जोड दिइएको छ ।”
प्रदेशमा जारी अक्सीजन संकटमा उनले केहि बोलेका छैनन् ।
उत्तर प्रदेश सरकारले राज्यमा अक्सीजन आपूर्तिको जिम्मेवारी क्याबिनेट मन्त्री सुरेश खन्नालाई दिएको छ ।
श्रद्धा श्रीवास्तवले आफ्नो बुवा डा योगेश श्रीवास्तवको लागि कुनै प्रकारले अक्सिजनको व्यवस्था त गरिन् तर अस्पतालमा भेन्टिलेटर सपोर्ट भएको बेड उपलब्ध हुन सकेन जसको कारण बिहिवार उनको मृत्यु भयो । श्रद्धाका भाई भन्छन्, “हामीले एउटा अक्सिजनको सिलिन्डरलाई ३५ हजार तिरेर किनेका थियौं अर्को सिलिन्डर भने जति पैसा तिर्छु भन्दा पनि मिलेन ।”
अनु आफ्नो ३३ वर्षीय भाइलाई घरमा नै रेखदेख गर्दैछिन्, उनले निकै दुख गरेर आफ्नो भाइको लागि चार वटा अक्सिजन सिलिन्डर राखेकी छिन्, उनले एउटा सानो सिलिन्डरलाई ब्ल्याक मार्केटबात ३५ हजार भारतीय रुपैयाँ तिरेर किनेकी हुन् । अनु भन्छिन्, “भाईको अक्सिजन लेभल कम हुँदै गएको छ, आज र भोलिको लागि त अक्सिजन सिलिन्डर पुग्छ तर अगाडी के गर्ने केहि थाहा छैनम एउटा खाली सिलिन्डर छ तर त्यसलाई भर्न पाएको छैन ।”
डा अबु सूफियान “यूनिभर्स अस्पताल’ को नामले एउटा सानो अस्पताल संचालन गर्दै आएका छन् । जसमा दुई भेन्टिलेटर र पाँच अक्सिजन सपोर्टिंग बेड छ । बिहिवार उनको अस्पतालमा अक्सिजन सकियो त्यसैले बिरामीलाई डिस्चार्ज गर्नुपर्यो ।
कति अक्सिजन उपलब्ध छ ?
मेदांता अस्पतालमा कोविडका बिरामीको जिम्मेवारी लिएका डाक्टर सुशीला कटारिया भन्छिन्, “८० प्रतिशत कोरोनाका बिरामीलाई अस्पतालमा भर्ना हुनुपर्ने अनिवार्य छैन तर २० प्रतिशत अस्पतालमा भर्ना भएका बिरामीमध्ये १५ प्रतिशतलाई अक्सिजनको सपोर्टको आवश्यकता छ, उनीहरुको लागि पहिलो उपचार अक्सिजन हुनेछ ।”
सहयोगको लागि अपिल
यस्तो समयमा निजी संस्था पनि सहयोगको लागि अगाडी आएका छन् । उत्तर प्रदेशको हिमरपुरको एक इस्पात कम्पनीले आफ्नो अक्सिजन प्लान्ट सर्वसाधारणको लागि खुला गरेको छ ।
स्टील प्लांटका मालिक योगेश अग्रवाल भन्छन्, “हामी आवश्यक अक्सिजन मानिसहरुलाई निशुल्क वितरण गरिरहेका छौं । हामी दैनिक १२०० सिलिन्डर भरिरहेका थियौं तर यो पर्याप्त छैन । अब कम्पनीको क्षमतालाई १८०० सिलिन्डर गर्दै छौं । आवश्यकता भएको मानिसले खाली सिलिन्डर ल्याएर अक्सिजन भर्न सक्छन् ।”
उनी भन्छन्, “उत्तर प्रदश अक्सिजनको आवश्यकता पूर्ति गर्नको लागि बाहिरी राज्यमा निर्भर छ । हामीले स्टिल उत्पादनको लागि प्लान्ट लगाएका थियौं तर आफ्नो काम रोकेर अक्सिजन दिइरहेका छौं किनभने सबैलाई बचाउन जरुरी छ ।” उनी सहयोग त गरिरहेका छन् तर सन्तुष्ट छैनन् ।
उनले भने, “खाली अक्सिजन सिलिन्डर कतै उपलब्ध छैन, मैले आफ्नो टिमलाई एक हजार सिलिन्डर खरिद गरेर बाड्नको लागि भनेको छु तर खाली सिलिन्डरको व्यवस्था हुन सकेको छैन ।”
अभावको कारण के हो ?
योगेश अग्रवाल भन्छन्, “मोदीनगरको प्लांट बाहेक पछिल्लो तीन दशकमा युपीमा कुनै नयाँ अक्सिजन प्लान्ट लगाएको छैन, हामीले एउटा ठुलो प्लान्ट लगाउने तयारी गरेका थियौं र एक वर्षमा निर्माण सम्पन्न पनि हुनेथियो तर युपी सरकारले बिजुलीको रेट बढायो र हामीलाई आयोजना रद्द गर्नुपर्यो ।”
योगेश अग्रवालको अनुसार, “ अक्सिजनको उत्पादनमा बिजुली कच्चा पदार्थ हो , प्लांट चलाउन बिजुलीको खर्च धेरै हुन्छ र यसको कारण अक्सिजनको उत्पादन महँगो हुन्छ र यस प्लान्ट चलाउँदा घाटा हुन्छ । ओडीशा, झारखंड र दक्षिणी राज्यमा बिजुली सस्तो छ र ठुला प्लान्ट त्यहीं छ , यदि युपीमा बिजुली सस्तोमा उपलब्ध भयो भने ठुलो प्लान्ट लगाउन सकिनेछ ।”
अक्सिजन माग्ने मानिसको अपिलले सामाजिक संजाल भरिएको छ , मानिसहरु आत्तिएर सबै ठाउँमा फोन गरिरहेका छन् र अक्सिजन उपलब्ध हुने स्थानको खोजी गर्दै छन् । यस्तो अवस्थामा धेरै बिरामीको मृत्यु भइसकेको छ ।
योगेश भन्छन्, “ अहिले विपदको समयमा अक्सिजनको महत्व बुझेका छन् यदि पहिला नै यसको बारेमा सोचेको भए अहिले हामीलाई अर्को राज्यमा दौडिनुपर्दैन थियो ।”
संघर्ष जारी छ
३८ वर्षकी आशी सिंहको सास रोकिदै छ । उनको अक्सिजन लेभल ५०२ को वरपर छ । उनको बुबाको मृत्यु भइ सकेको छ । आमाको अवस्था गम्भीर छ र उनी संग अक्सिजन सिलिन्डर उपलब्ध छैन । आशीले हरेक स्तरमा सहयोगको लागि अपिल गरिन् तर कोहि पनि उनी सहयोगको लागि आएनन् ।
एक अस्पतालको कर्मचारीको अनुसार, “बेड मिल्यो भने के हुन्छ र ? अक्सिजन नै उपलब्ध छैन ।”
मानिसको यस आवश्यकताले ब्ल्याक मार्केटलाई जन्म दिएको छ । एक व्यक्तिले एउटा सिलिन्डर ५८ हजार भारतीय रुपैयाँमा बेच्ने प्रयास गर्यो ।
उसले भन्यो , “मैले आफ्नो बिरामीको लागि सोहि मुल्यमा यस सिलिन्डर खरिद गरेको थिए , बिरामी त बाचेन तर जतिमा खरिद गरेको त्यतिमा बेच्नेछु ।”
उक्त व्यक्तिको अनुसार उनलाई दर्जनौं मानिसले सिलिन्डर किन्नको लागि सम्पर्क गरेका थिए तर ती मानिस संग उनको भारी सिलिन्डर खरिद गर्ने पैसा थिएन ।









