• २०८१ बैशाख १७ सोमबार

म्याक्सवेल र डिभीलियर्सको उत्कृष्ट ब्याटिंगपछि बैंगलोरद्वारा कोलकोतालाई २०५ रनको लक्ष्य

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले कोलकोता नाइट राइडर्सलाई २०५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाउदै २०४ रन बनाएको छ ।

बैंगलोरका लागि ग्लेन म्याक्स वेल र एबी डिभीलियर्सले उत्कृष्ट ब्याटिंग गरेका छन् । म्याक्सवेलले आइपिएलमा लगातार दोस्रो अर्धशतक प्रहार गर्दै ७८ रन बनाएर आउट भएका थिए । त्यस्तै डिभीलियर्सले ३४ बलमा अविजित ७६ रन बनाएका थिए । त्यस्तै देवदत्त पाडिकलले २५ र झी जामिएसनले अविजित ११ रन बनाएका थिए ।

त्यसति कप्तान विराट कोहलीले ५, रजत पाटिदारले १ रन बनाएका थिए ।

त्यस्तै कोलकोताका बलर वरुण चक्रवर्तीले २ विकेट लिए भने पाट कमिन्स र प्रसिद कृष्णले एक एक विकेट लिएका थिए ।

जारी आइपिएलमा बैंगलोरले अहिलेसम्म खेलेका दुवै खेल जितेको छ भने कोलकोताले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै