काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले २८ क्रिकेटरलाई एक बर्षका लागि सेन्ट्रल कन्ट्रयाक्ट गरेको जानकारी दिइएको छ ।
बिसिसीआईले खेलाडीहरु चार श्रेणीमा बाडेर बर्गिकरण गर्दै केन्द्रीय कन्ट्रयाकमा राखिएको जनाएको हो । जसमा ए प्लस श्रेणीमा तीन क्रिकेटर कप्तान विराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह रहेका छन् । उनीहरुले बार्षिक ७ करोड पारिश्रमिक पाउने छन् ।
त्यस्तै ए श्रेणीमा १० खेलाडी रहेका छन् । जसमा रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, चैतेश्वर पुजारा, आजिख्य रहाने, शिखर धवन, केएल राहुल, मोहमद शामी, इशान्त शर्मा, ऋषव पन्त र हार्दिक पाण्डेय रहेका छन् । ए श्रेणीमा रहेका खेलाडीहरुले बार्षिक ५ करोड पारिश्रमिक पाउने छन् ।
त्यस्तै बि श्रेणीमा रिद्दिमान शाह, उमेश यादव, भुवनेश्वर कुमार, श्रदुल ठाकुर र मयंक अग्रवाल गरि पाँच खेलाडी रहेका छन् । उनीहरुले बार्षिक तीन करोड पारिश्रमिक पाउने छन् ।
त्यसैगरी श्रेणी सी मा १० खेलाडी रहेका छन् । जसमा कुलदीप यादव, नवदीप सैनी, दीपक चहर, शुभमन गील, हनुमा विहारी, अक्षर पटेल, श्रेयस अय्यर, युजवेन्द्र चहल, वाशिंटन सुन्तर र मोहमद सिराज रहेका छन् । यस श्रेणीमा रहेका खेलाडीहरुले बार्षिक एक करोड पारिश्रमिक पाउने छन् ।
बिसिसीआईले यो बर्गिकरण अक्टोबर २०२० देखि सेप्टेम्बर २०२१ सम्म लागु हुने जनाएको छ ।









