• २०८१ बैशाख २१ शुक्रबार

क्रिस गेलको आइपिएलमा ३५० छक्काको किर्तिमान, टप १० मा को को छन् ?

kharibot

काठमाडौँ । युनिभर्स बोसका नामले चिनिने क्रिस गेलले आइपिएलमा छक्का प्रहारको नयाँ किर्तिमान बनाएका छन् ।

हाल पञ्जाब किंग्सबाट आइपिएल खेलिरहेका गेलले आइपिएलमा ३५० छक्का प्रहार गर्ने किर्तिमान बनाएका हुन् ।

गेलले अहिलेसम्म १३३ खेलका १३२ इनिंगमा ३५१ छक्का प्रहार गरेका छन् ।

आइपिएलमा धेरै छक्का प्रहार गर्ने दोस्रो स्थानमा दक्षिण अफ्रिकाका एबी डिभीलियर्स रहेका छन् । एबीले १७० खेलका १५७ इनिंगमा २३७ छक्का प्रहार गरेका छन् ।

त्यस्तै यस सूचीमा तेस्रो स्थानमा महेन्द्र सिंह धोनी रहेका छन् । धोनीले २०५ खेलका १८३ इनिंगमा २१६ छक्का प्रहार गरेका छन् ।

त्यसैगरी चौथो स्थानमा भारतकै रोहित शर्मा रहेका छन् । रोहितले आइपिएलका २०१ खेलको १९६ इनिंगमा २१४ छक्का प्रहार गरेका छन् । 

यस सूचीको पाँचौं स्थानमा भारतकै विराट कोहली रहेका छन् । विराटले १९३ खेलका १८५ इनिंगमा २०१ छक्का प्रहार गरेका छन् ।

त्यस्तै छैटौ स्थानमा वेस्टइन्डिजका किरोन पोलार्ड रहेका छन् । पोलार्डले १६५ खेलका १४८ इनिंगमा १९८ छक्का प्रहार गरेका छन् ।

त्यसैगरी भारतका सुरेश रैना आइपिएलमा धेरै छक्का प्रहार गर्ने सूचीमा सातौ स्थानमा रहेका छन् । रैनाले आइपिएलका १९४ खेलका १९० इनिंगमा १९८ छक्का प्रहार गरेका छन् ।

त्यस्तै यस सूचीको आठौ स्थानमा अस्ट्रेलियाका डेविड वार्नर रहेका छन् । वार्नरले आइपिएलका १४३ खेलका १४३ इनिंगमा १९५ छक्का प्रहार गरेका छन् ।

यस सुचीको नवौ स्थानमा रहेका अस्ट्रेलियाका शेन वाटसनले १४१ इनिंगमा १९० छक्का प्रहार गरेका छन् ।

त्यसैगरी यस सूचीको दशौ स्थानमा भारतकै रोबिन उथप्पा रहेका छन् । उथप्पाले १८९ खेलका १८२ इनिंगमा १६३ छक्का प्रहार गरेका छन् ।      


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै