काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले फाष्ट ट्रयाकको ठेक्का रोक्ने लेखा समितीको निर्णय ठिक भएको बताएका छन् ।
विहिबार लेखा समितिले फास्ट ट्र्याक निर्माणमा संलग्न नेपाली सेनाका अधिकारीहरूसँगको छलफलपछि समितिले निर्माणका लागि प्रतिस्पर्धा नभएको सुरुङ र पुल निर्माणको खरिदको दोस्रो प्याकेज रद्द गरेर फेरि नयाँ प्रक्रिया थाल्न निर्देशन दिएपछि डा. भट्टराईको यस्तो टिप्पणी आएको हो ।
डा. भट्टराईले फाष्ट ट्रयाकको ठेक्कामा भ्रष्टाचारको ह्वास्स गन्ध आउॅथ्यो भन्दै लेखा समितिको ठेक्का रोक्ने आदेशको पालना गर्न र छानबिन गर्न माग गरेका छन् ।
उनले भनेका छन्-
राष्ट्रिय गौरवका योजनामध्ये एक नम्बरमा राखिएको काठमाण्डौ-तराई फाष्ट ट्रयाकको निर्माण फेरि विवादमा पर्नु दु:खद छ । पचासौं अर्बका ठेक्काको पिक्यू गर्दा एउटामात्र ठेकेदार छान्नु स्वत: गलत थियो ! भ्रष्टाचारको ह्वास्स गन्ध आउॅथ्यो । लेखासमितिले रोक्ने आदेश गरेर ठीक गर्यो । आदेश पालना होस् ! छानवीन होस् !