• २०८१ बैशाख १७ सोमबार

अन्तर्राष्ट्रिय विमानस्थल तत्काल निर्माण गर्न बारामा प्रदर्शन

kharibot

बारा । बाराको निजगढमा बनाउँने भनिएको दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना खारेजीको माँग गर्दै काठमाण्डौंको माईतीघरमा हालै गरिएको प्रदर्शनको विरुद्घमा निजगढमा बिरोध स्वरूप र्याली आयोजना गरिएको छ ।

हाम्रै पालामा राष्ट्रिय गौरबको आयोजना भन्ने मुल नाराका साथ स्वतन्त्र युवा समाजद्वारा सरकारलाई यथाशीघ्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना निर्माण कार्य सुरु गर्ने दबाव मुलक कार्यक्रम गरिएको हो ।

समाजद्वारा गरिएको र्यालीले निजगढ बजार परिक्रमा गरेको थियो । हाम्रै पालामा राष्ट्रिय गौरबको आयोजना , निजगढ बासी के भन्छ , निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण गरिदे भन्छ , बिदेशी दलालबाट होसियार , विकाश बिरोधी तत्व मुर्दाबाद , स्वतन्त्र युवा समाज जिन्दाबाद लगायतका नारा लगाउँनुका साथै प्लेकार्ड सहिँत युवाहरुले प्रदशन गरिएको थिए । र्याली निजगढ बजार परिक्रमा पछि शहिदचोकमा आएर कोण सभामा परिणत भएको थियो ।

डरलमा बिकेका केही व्यक्तीहरु पर्यावरण बचाउँन भन्दै बिमानस्थलको बिरुधको अभियानमा विभिन्न संघ–संस्थाहरु लगोको आरोप निजगढ नगरनगरपालिका वडा नं.४ का वडा अध्यक्ष जयराम कुवँरले लगाए ।

उनले निजगढको भैत्तिक तथा स्थलगत निरिक्षण नैं नगरि बिकाशको बिरुद्धमा नलाग्न आग्रह गर्दै निजगढका जनताको भावनामा चोट पुर्याउँने बिरुद्घ चरण बद्ध आन्देलन गर्ने चेतावनी दिए ।

त्यसैगरी निजगढको नाम समेत नसुनेका केही मानिसहरुले डरलका निम्ती विमानस्थालको बिरोधमा काठमाण्डौंमा अनावश्यक रूपमा प्रदर्शन गरेको र निजगढ विमानस्थलको आवश्यक्ताको बारेमा नैं नबुझी बिवादास्पद कार्य गरेको स्थानीय बुद्धिजीवी सुदर्शन प्रसाद कोईरालाले बताए ।

उनले निजगढ नैं सबै भन्दा उपयुक्त स्थान भएको र विमानस्थल निर्माण गर्दा ठूलो संख्यामा रुख काटिने हल्ला मात्र रहेकोले टाँगियावस्तिमा नैं विमानस्थल बन्नु पर्नेमा जोड दिए ।

यता निजगढ विमानस्थलको निमार्ण कार्यलाई तिब्रताका साथ निरन्तर रुपमा कार्य नेपाल सरकारले अघि बढाउँनु पर्ने र स्थानीय सरकार तथा स्थानीय बासिले सरकारलाई सक्दाे सहयोग गर्ने निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनालले बताईन् ।

उनले निजगढ विमानस्थलले निजगढको मात्रै नभई प्रदेश नम्बर २ र राष्ट्रको समेत कायपलट हुँने हुँदा बिना कारण निजगढ विमानस्थलको बारेमा अनावश्यक बिरोध गरि स्थानीयलाई आक्रोशित बनाउँने कार्य कोहि कसैलाई नगर्न उपप्रमुख खनालले आग्रह गरिन् ।

स्वतन्त्र युवा समाज निजगढले निजगढ विमानस्थल निर्माणका निम्ति दवाब मुलुक कार्यक्रम गर्ने र सरकारले चाँसो नदिए चरणबद्ध रुपमा आन्दोलन गर्ने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै