• २०८१ बैशाख १६ आइतबार

ओलीले सद्दाम हुसेन र मुसर्रफ स्टाइलको चुनाव गराउन खोज्दै छन्- डा.बाबुराम भट्टराई

kharibot

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषदका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपना देखिरहेको आरोप लगाएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै डा.भट्टराईले ओलीले राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्दै चुनाव गराएर आफु सत्तामा बसिरहने सपना देखेकाले उनलाई छिटो बिदा गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन् -

राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छॅाटकॅाट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै