• २०८१ बैशाख २३ आइतबार

शेरबहादुर तामाङ दम्पति फेरी ओली पक्षमा फर्किदै !

kharibot

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा बिभाजन भएपछि नेताहरु ओली पक्ष र प्रचण्ड-नेपाल पक्षमा विभाजित हुने क्रम जारी रहेको छ । यसैक्रममा एक पक्षले अर्को पक्षका नेताहरुलाई तानातान गर्ने क्रम पनि चलिरहेको छ ।

शुरुमा ओली पक्षमा लागेर फेरी प्रचण्ड-नेपाल पक्षमा गएका पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश सांसदसमेत रहेकी उनकी श्रीमती उषाकला राई फेरी ओली पक्षमा फर्किने भएका हुन् ।

आज विराटगनरमा हुने ओली पक्षको जनसभामा तामाङ दम्पति ओली पक्षमा आएको घोषणा हुने भएको छ ।

तामाङले पछिल्लो समय आफ्नो फरक धारणा सार्बजनिक गर्दै प्रत्यक्ष निर्वाचित शासन प्रणाली लागु गर्नुपर्ने बताउदै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै