• २०८१ बैशाख १६ आइतबार

पुँजीवादमा ग्रसित युवा मनोविज्ञान

kharibot

लेखक : सुशील पौडेल

'क्रान्तिकारी विचारक माओको भनाइमा यो विश्व सबैको तर अझ भन्नु पर्दा यूवाको हो' भन्ने वाक्य वाट हामि के वुझ्न सक्छौ भने युवाको महत्व तथा उपादेयता विश्वमा ठुलो रहेको छ । हाम्रो देश नेपालको कुरा गर्यौ भने युवा घृणित राजनैतिक अभ्यासको शिकार भएको देख्न सकिन्छ । नेपालका प्राय जसो सवै राजनैतिक दलहरुले युवाहरुलाई प्रयोग गर्ने र फाल्नेको रुपमा प्रयोग मात्र गरेको देख्न सकिन्छ । आन्दोलन, हड्ताल, तोडफोड, राँकेजुलुस चक्काजाम जस्ता अनेकौँ पक्षमा आजका नेपालका युवा तालिमप्राप्त जस्तै भएको अवस्था विद्यमान छ । 

नेपालका युवाहरु २ प्रकारका छन । एक थरी अन्धभक्त राजनैतिक सिकार भएका तथा राजनैतिक पाटीको विचार वोक्ने र अर्को थरी युवा राजनैतिक क्रियाकलापमा भाग नलिने, रुची नराख्ने स्वतन्त्र भन्न रुचाउने गरी दुइ प्रकारका युवा नेपाली समाजमा विद्यमान छन।तर यि दुवै प्रकारका युवाको सारभुत रुची पैसा कमाउनु रहेको छ र पुँजिवादको प्रभावले निकै गहिरो रुपमा जरा गाडेर वसेको छ । 

पुजिँवादी व्यवस्था गलत हो, निमुखा गरिखाने जनताको भलो यस व्यवस्थाले गर्दैन भन्ने र साम्यवादमा पुग्ने लक्ष्य वोक्ने कम्युनिष्ट बामपन्थी राजनैतिकपार्टीका युवादेखी प्रजातान्त्रीक विचार वोक्ने दलहरु तथा अन्य दलहरुमा लाग्ने  सवैका युवाको आजको मुख्य ध्येय पैसा कमाउनु, घर वनाउनु , पैसा गाडी, धनिबन्ने मिठो सपना इत्यादी रहेको पाउन सकिन्छ । अझ यसलाई अलि प्रष्ट पार्दा नेपालका युवा पङ्ति माझ (पढेलेखेका देखी अनपढ) सवैमा पुँजीको भोक बेस्सरी रहेको पाइन्छ । 

यसैगरी अलि शिक्षित युवाको कुरा गर्दा हिजो आज युवाहरुमा शिक्षाको कुनै मुल्य हुदैन जस्तो मनोविज्ञान आजको युवापङ्तिमा रहेको पाइन्छ, । उसको शिक्षा, योग्यताभन्दा भौतिक सम्पतिसंग उसको व्यक्तित्वलाई समाजले उच्च मुल्यांकन गर्ने गरेको पाइन्छ । जसको कारण आजका शिक्षित युवाहरुमा पठनपाठन देखी निकै नैरास्यता वढदै गएको छ । कुनै पनि शिक्षित युवाले समाजको लागि के गरिरहेको छ ? उसको योग्यताकस्तो छ भनेर मुल्याकंन गरिदैन् । कति धन सम्पति कमायो ? कहाँ घर घडेरी जोड्यो ? भनेर मुल्याकंन हुन्छ ।

जसको कारण युवाहरु जसरी पनि पैसा कमाउनपर्छ भन्ने मनोबैज्ञानिक धारणा वढदै गएको छ जसले गर्दा चाहे शिक्षित होस या अशिक्षित युवा दुवैको ध्यान विदेश गइ टन्न पैसा कमाउनमा केन्द्रित छ, अशिक्षीत युवा खाडी मूलुक गइ पैसा कमाउने मानसिकता बनाउछ भने  शिक्षित युवा अन्टे«लिया जापान आदि गइ पैसा कमाउने सपना देख्छ । यसले प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपाली समाजलाई निकै नकारात्मक बाटोमा हिडाइरहेको महशुस गर्न सकिन्छ ।

राजनैतिक पक्षवारे कुरा गर्दा पैसाको भोका युवायुवा राम्रो व्यक्ति तथा दलमा भन्दा पनि धनि राजनैतिक दल तथा धनि नेताको पछी लाग्ने अवस्था रहन्छ यसवाट नेपालमा राम्रो विचार वोक्ने राजैतिक दल तथा पाटि चुनावमा माथी आउन नसक्ने अवस्था सिर्जना हुन्छ । जव नेपाल आर्थिक सम्पन्न भएको अवस्थामा रहन्छ , रोजगारीका प्रशस्त अवसरहरु सिर्जना हुन्छतव नेपालका विद्यमान राजैतिक नेतागणहरु लगभग सवै वाहिर गइ नयाँ अनुहारहरुको आगमन हुने निश्चित प्राय छ । 

नेपाली समाजमा नेपालीयुवाहरु प्राय सवैलाई आमा बाबुले पर्व मेलोमेसो पर्वमा आर्शिवाद दिदाँ इमान्दार वन्नु, अरुलाइ नठग्नु, वेइमान नगर्नु भनि आर्शिवाद दिइन्छ तर उक्त युवाठुलो भएपछी सँगीसाथीले यति कमायो उति कमायो, तैँले किन नकमाएको भनि अप्रत्यक्ष रुपमा पैसालाई वढी महत्व दिई पैसा नै सवै थोक हो भन्ने हेतुले मार्गदर्शन प्रदान गरीएको हुन्छ, यो यर्थाथताले नेपालमा वस्ने निजामतिमा जागिर गर्ने युवा पङ्तीलाई भ्रष्टाचार, अनियमितता जस्ता पक्षमा जान सहज मदत पुर्याएको पाइन्छ र जागिर खानु जनताको सेवा गर्नु हो भनि विर्सिएर ठुलो विजय ठान्ने परिपाटी विद्यमान रहेको छ  । 

स्वंय युवाहरु पनि पैसा मोहले ग्रसित भएको यर्थाथता हाम्रा सामु छ, महँगो मोवाइल, गाडी जस्ता पक्षमा निकै आर्कषित भएको पाइन्छ, घरमा कृर्षि पशुपालन, उद्योग व्यापार जस्ता पक्षमा काम गर्न सामाजिक प्रतिष्ठाको विषय समेत आजका युवाको मनस्थीतीमा रहेको पाइन्छ भने पैसाको सम्वन्धमा कतिपय प्रेम सम्वन्धहरु समेत गासिँएको अवस्था युवाको मनस्थीतिमा रहेको पाइन्छ । 

नेपालको राजनीतिमा युवाहरुको विषयमा भन्नु पर्दा युवाहरु स्वचालित हुन सकिरहेका छैनन् । स्पष्ट मिशन, भिजन भएका युवाहरु पनि नेताहरुवाट परिचालित छन् । राजनीतिमा अन्धभक्त भएर लाग्दाको एउटा नकारात्मक पक्षहो यो । 

बिशेषगरी निर्वाचनको समयमा मिठा–मिठा सपना देखाएर युवालाई प्रयोग गर्ने त्यसपछि कुनै वास्ता गरिदिैन् । कुनै पनि राजनीतिक दलका नेता युवाको सहयोग र साथ विना चुनाव लडन् असंभव छ । तर निर्वाचन पछि  युवाहरुको विषयमा सोच्नै फुर्सद नै हुदैन ।

यसरी नेपालमा २ थरी युवा एक राजनैतिकमा रुचि राख्ने र अर्कोथरी राजनितिकमा रुचि नराख्ने युवा हरु विदेश जाने पक्षसँग पनि आर्कषित भएको पाइन्छ । जव सम्म युवाहरु स्वचालित हुन सक्दैनन्, स्वनिर्णय गर्न सक्दैनन् तव सम्म युवाहरु युवाको लागि केही पनी गर्न सक्दैनन् । युवाहरु निर्वाचनको समयमा प्रयोग हुने र निर्वाचन सकिएपछि युवाहरुको लागि उचित वातावरण भएन्, भविष्य छैन भन्दै विकल्प खोज्दै विदेश पलायन भएका थुप्रै उदाहरणहरु हाम्रो समाजमा छन् । 

जव राजनैतिक जिवनले वास्तविक जिवन चल्न गारो पर्दछ तव विकल्पको रुपमा कृर्षि, पशुपालन भन्दा आर्कषणको माध्यम वैदेशिक रोजगारीको क्षेत्र हुनपुग्दछ । सरकारले युवाहरुको लागि स्वदेशमै स्वरोजगार वनाउने योजना नवनाएर बिदेश पठाउनको लागि निशुल्क भिसा, तालीमहरु, भाषाहरुको सिकाउने योजनावनाएर अप्रत्यक्ष रुपमा विदेश पठाउनको लागि बाध्यता बनाएको छ । त्यहि सिप, अनि बिदेशी भाषाभन्दा स्वदेशमै व्यवसाय गरेर आत्मनिर्भर वन्न सक्ने खालको व्यवासायिक तालिमहरु प्रदान गर्नेतर्फ न त सरकारको ध्यान गएको छ न युवाहरुले नै सोचेका छन् ।  दिनहुँ नेपालका युवाहरु विदेशिनुका कारणहरु एउटा मात्र छैन । आर्थिक, सामाजिक, मनोवैज्ञानिक, पारिवारिक लगायत अनेकौँ कारण विद्यमान छन् । 

समाजिक मुल्य मान्यता मै खोट पनि देखिन्छ आज भोलीका युवाको महँगो मोटर चढ्ने सपना, शहरमा वस्नेलाई ठुलो भन्ने मानसिकता, सहरमा र वनाउने र वस्ने रुचि, ठुलो घर घडेरी लाई सामाजिक प्रतिष्ठाको विषयवनाइनु, कृषि गर्नेलाई हेयको भावले हेरिने वढ्दो नेपाली सामाजिक संस्कारले मुख्य रुपमा युवालाई विदेशिन वाध्य बनाएको छ । 

नेपालमा शिक्षित अनि क्षमता भएका युवाहरु पनि छन् । तर सरकारले ति युवाहरुलाई निर्वाचनको समयमावाहेक अन्यविकास निर्माणकाकाममाप्रयोग गर्न सकिरहेको छैन् । उनिहरुले शिक्षा अनुसारको रोजगार पाउन नै कठिनभईसकेको छ । 

जसका कारण नेपाली युवा विदेशिने क्रम सँगै शिक्षीत युवा समेत वाहिरीएको तथ्य हामि सामु छ, यसरी शिक्षीत युवा विदेशिदा नेपालमा गुणस्तरिय शिक्षा, माटो सुहाउँदो शिक्षाको लागि दवाव दिने जनशक्तिको कमि मात्रन भइ सामाजिक साँस्कृतिक तथा पारिवारीक वैवाहिक सम्वन्धमा समेत दरार उत्पन्न भएका प्रशस्त उदारहण हाम्रा सामु छन ।  देश निमार्णका लागि नभइनहुने क्षमतावान्, पाखुरीमा वल भएका युवालाई वैदेशिक कार्यमा पठाउने कार्यमा कमि गर्नका लागि सरकारी पक्षवाट नै उल्लेख नियकार्य गर्नु आवश्यक छ । 

यसको लागि सरकारले उल्लेखनिय कार्य गर्नु पर्ने अवस्था देखिन्छ । जव शिक्षीत युवा नेपालमा राख्न सकिन्छ नेपाली समाजका कतिपय कुरीती प्रथाको निवारण तथा न्युनिकरण गर्न सकिन्छ जस्तै छाउपरी प्रथा, दाइजो, वोक्सी आदि इत्यादि । 

यति हिुदाहुदै पनि वैदेशिक रोजगारीमाजानुको केहि फाइदा पनि नभएको होइन वैदेशिक रोजगारीवाट नेपालमा रेमिट्यान्स भित्रीइ परिवारको घर खर्च चलेको छ यदि सवै युवा नेपालमा भएको खन्डमा नेपालमा आर्थीक संकट मात्र होइन, खडेरी नै लाग्ने निश्चीत प्राय थियो । र यति मात्र होइन नेपालमा चोरी डकैति, हत्या, हिसाँ, लुटपाटमात्र नभइ मुलुक नै अशान्ति हुने पक्कै थियो ।

यसवाट हामि के भन्न सक्छौ भने युवालाइ नेपालमै राख्दा रोजगारीको व्यवस्था सरकारले गरी वैदेशिक यात्रामा पुणविराम लगाउनु प्रमुख आवश्यक देखिन्छ । सरकारले स्वदेशमै युवा शक्तिलाई परिचालन र प्रयोग गर्न नसक्दा सरकारका योजनाहरुले पुर्णता पाएका छैनन् । जति पनि युवाशक्ति छ त्यसलाई स्वदेशमै परिचालन गर्न सक्ने सरकारले योजनावनाएर कार्यान्वयन गर्नु पर्छ । अनिमात्र समृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै