• २०८१ असोज १ मंगलबार

एभरेष्ट बैंक र किर्तिपुर नगरपालिकाबीच सम्झौता

kharibot

काठमाडौँ । स्थानीय तहमा सुविधा प्रदान गर्नका लागि स्थानीय सरकारसँगको साझेदारीलाई  निरन्तरता दिदैँ एभरेष्ट बैंकले किर्तिपुर नगरपालिकासँग कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकद्वारा आफ्नो आन्तरिक क्रेडिट निर्देशिका तथा नेपाल राष्ट्र बैंकको निर्देशिकाको प्रावधान अनुसार किर्तिपुर नगरपालिकाका बासिन्दाहरुलाई कृषि कर्जा, सहुलियत कर्जा, क्ःभ् कर्जा तथा शैक्षिक कर्जा उपलब्ध गराउनेछ ।

सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले एभरेष्ट बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमार तथा अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिका बिच हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्नो वृहत सञ्जाल मार्फत अत्याधुनिक  बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।  हाल बैंकको ७ ओटै प्रदेश गरी  १०० शाखा कार्यालय , ३१ राज्वस्व सङ्कलन काउन्टर तथा १३१ स्थानमा एटीएम काउन्टर रहेका छन् ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै