• २०८१ असोज ३ बिहीबार

एभरेष्ट बैंकको बानेश्वर शाखाको कारोबार अब आफ्नै भवनबाट

kharibot

काठमाडौँ ।  एभरेष्ट बैंक लिमिटेडले आफ्नो नयाँ बानेश्वर शाखाको कारोबार आफ्नै नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको छ । 

बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले समुदघाटन गरेको उक्त समारोहमा अध्यक्ष डा. वैद्यले बैंक विश्वासको सहयात्री भएको साथ साथै नयाँ बानेश्वर र सो आसपासका बासिन्दाहरुलाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्दता व्यक्त गरे ।

साथै सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने “डिजिटल संसार” को सुभारम्भ गरेको छ । उक्त डिजिटल संसारमा, बैंकिङ्ग क्षेत्रको हाल सम्मकै अत्याधुनिक प्रणाली जडित उपकरण मार्फत ग्राहकवर्गलाई डिजिटल सेवा दिने व्यवस्था गरेको र उक्त स्थानको सुरुवातसंगै ग्राहकहरुले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवा सम्बन्धी गुनासो सम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था रहेको छ । 

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंकमा १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६६ ए.टि.एम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एस्.एम् एस् बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै