• २०८१ बैशाख ३० आइतबार

संसद विघटनको विरोधमा विवेकशीलद्वारा दाँत माझेर प्रदर्शन

kharibot

काठमाडौँ । विवेकशील पार्टीले आज माइतीघर मण्डलामा असंवैधानिक संसद विघटन तथा अधिनायकवादविरुद्ध दाँत माझेर प्रदर्शन गरेको छ ।

विवेकशीलले प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडि राष्ट्रिय सभाको रोष्ट्रममा उभिएर थुकेको विषयलाई संकेत गर्दै दाँत माझेर प्रदर्शन गरेको जनाएको छ ।

के प्रधानमन्त्रीले लोकतन्त्र, गणतन्त्र र त्यसको अभ्यासको थलो संसद माथि थुक्न खोज्नु भएको हो भन्दै प्रश्न उठेको भन्दै विरोध गरेको छ ।

देशको नेतृत्व गर्ने जस्ता अनुकरणीय व्यक्तिले गर्ने कामले धेरैलाई प्रभावित पार्ने भएकाले पनि प्रधानमन्त्रीलाई आफ्ना सार्वजनिक गतिविधिमाथि ध्यान दिनुहुनेछ भन्ने हामी अपेक्षा राखेको विवेकशीलले जनाएको छ । 

हामी हरेक दिन माइतीघर मण्डलमा संसद विघटनको असंवैधानिक कदम तथा अधिनायकवादविरुद्ध प्रदर्शन गरिरहेका जनाउदै यो निरन्तर जारी रहने जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै