• २०८१ बैशाख १६ आइतबार

प्रधानमन्त्री सहभागी सभाबाट निर्मला पन्तको बलात्कारी खै ? लेखिएका टिसर्ट लगाउने युवा पक्राउ

kharibot

धनगढी । सुदूरपश्चिमको धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभाबाट युवाहरू पक्राउ परेका छन् ।

नेकपाको ओली पक्षको सुदूरपश्चिम स्तरीय आमसभामा प्रहरीले ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाएर उपस्थित भएका युवाहरुलाई पक्राउ गरेको हो ।

युवाहरुले निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएर बिरोध जनाएका ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, कैलालीको जिम्मा लगाएको बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पहिलो पल्ट काठमाडौँ बाहिर गएर आम सभालाई सम्बोधन गरेका थिए । ओलीले देशको विकास र समृद्धि तथा पार्टी भित्रका विवादका विषयमा आफ्नो भाषणमा कुरा गरेपनि निर्मला पन्तको बलात्कारपछिको हत्याका बारेमा बोलेका थिएनन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै