• २०८१ बैशाख १६ आइतबार

धूम-४ मा भिलेन बन्दैछिन् दीपिका पादुकोण !

kharibot

काठमाडौँ । बलिवुडमा निकै सफल सिरिज मध्येको एक धुम-४ बारे फेरी चर्चा शुरु भएको छ । २०१३ को डिसेम्बरमा रिलिज भएको धूम-३ पछि अब धूम सिरिजको चौथो सिरिजको चर्चा अहिले दीपिका पदुकोनेका कारण शुरु भएको हो ।

धूम सिरिजको प्रमुख आकर्षण रहेको भिलेनको भूमिका दीपिकाले गर्ने चर्चाले धूम सिरिजलाई फेरी चर्चामा ल्याएको हो ।

धूम सिरिजमा अभिषेक बच्चन र उदय चोपडाको भूमिका लगभग तय नै रहेको छ । हरेक सिरिजमा उनीहरुले प्रहरीको भूमिका निभाएका छन् । 

पहिलो पटक २००४ मा रिलिज भएको धूममा जोन अब्राहीमले निभाएको भिलेनको भूमिका निकै चर्चित भएको थियो । त्यसपछि २००६ मा धूम-२ रिलिज भयो । जसमा ऋतिक रोशन र ऐश्वर्या राय बच्चनले भिलेनको भूमिका निभाएका थिए । धूम-२ पनि बक्स अफिसमा निकै सफल भएको थियो ।

त्यसपछि २०१३ मा रिलिज भएको धूम-३ मा आमिर खानले भिलेनको भूमिका निभाएका थिए । आमिर खान फिल्ममा जोडिएपछि फिल्मको चर्चा र सफलता सँगै आउने गर्दछ । भयो पनि त्यस्तै । धूम-३ ले भारतीय बक्स अफिसमा कैयौं किर्तिमान बनायो । भारतमा मात्र धूम-३ ले २८४ करोड कमाई गरेको थियो ।

यशराज ब्यानरको धूम फ़्रेन्चाइजीको चौथो सिरिजका लागि भिलेनको भूमिकामा दीपिकालाई लिइएको भारतीय मिडियामा चर्चा रहेको छ । धूम सिरिजमा हरेक पटक नयाँ प्रयोग गर्ने यशराजले यस पटक महिला भिलेनको रुपमा दीपिकालाई लिएको बताइएको छ ।

यस भूमिकाका लागि यस अघि सलमान खान, शाहरुख खान, रणवीर सिंहको समेत चर्चा रहेको थियो । तर अब दीपिकाले बाजी मारेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । दीपिकालाई एक स्टाइलिस चोरको रुपमा प्रस्तुत गर्ने तयारी भएको बताइएको छ । तर यस खबरलाई यशराजले आधिकारिक रुपमा पुष्टि भने गरेको छैन ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै