• २०८१ बैशाख ७ शुक्रबार

डा सुवेदीको ‘भूकम्प सचेतना’ गीत सार्वजनिक(भिडियोसहित)

kharibot

काठमाडौँ । सर भूकम्प कसरी आउँछ ? आजसम्म विज्ञानले पत्ता लाको’ छैन । कहिले आउँछ, कत्रो आउँछ भन्न सकिँदैन । कहाँ आउँछ भूकम्प आउने कारण के हो ? धर्तिमुनि चट्टान सर्दा जमीन हल्लिने हो । कखग एबिसी सिके जसरी, सबैले सिक है भूकम्पबाट बच्ने कसरी...

लोकसर्जक डा शिव सुवेदीको ‘भूकम्प सचेतना’ गीत सार्वजनिक भएको छ । भूकम्पको जोखिमबाट बच्चे उपायका बारेमा गीतबाट सन्देश दिन खोजिएको छ । गीतमा पशुपति शर्मा र देवी घर्तीले स्वर दिएका छन् । शब्द सङ्कलन सुवेदी तथा सङ्गीत गायक शर्माकै छ ।

पुष्पाञ्जलि म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको गीतलाई शिव सुवेदी युट्युब च्यानलबाट बजारमा ल्याइएको हो । गीतमा  केशव बधुले सङ्गीत संयोजन गरेका छन् । भिडियोमा गायक शर्मा, गायिका घर्ती र शेर साउदले अभिनय गरेका छन् भने केहीलाई विद्यार्थीका रुपमा रुपमा देखाइएको छ ।

भिडियोमा २०७२ को भूकम्पको दृश्यदेखि धरहरा र अन्य स्थलको पुनःनिमार्णको अवस्थालाई पनि देखाइएको छ । भूकम्पबाट जोगिने विभिन्न उपायमा अधारित  गीतसहितको भिडियोले भूकम्पीय जोखिम न्यूनीकरण गर्नमा मद्दत गर्ने देखिन्छ ।

कलाकार सुवेदीले स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लुजानबाट भूकम्प विज्ञानमा विद्यावारिधि गर्नुभएको छ । सुवेदीले आफ्ना सुपरभाइजर जियोर्ज हेतेनीको आग्रहमा गीत तयार पारिएको बताए । “उहाँ (हेतेनी) ले गत वर्ष पोखरामा भएको एक कार्यक्रममा म कलाकार भएको थाहा पाउनासाथ खुशी हुँदै गीत बनाउन सल्लाह दिनुभयो”, डा सुवेदीले भने, “उहाँकै सल्लाहले मलाई थप ऊर्जा मिल्यो र गीत बनाएँ ।” उनले गीतको भिडियो हेर्ने जोकोहीले पनि भूकम्पीय जोखिमका बारेमा आधारभूत शिक्षा लिन सक्ने बताउए ।

डा सुवेदीका अधिकांश गीत चर्चामा छन् । उनका ‘घाम जस्तो चम्किलो जून हुँदैन’, ‘भुमरीमा परें भने म’, ‘आमा तिम्रो दूधको भारा’, ‘खै हाम्रो दिलमा त घामै लागेन’, ‘कल्पनामै भए नि देख्छु भनेको’ ‘बाँचेको छु धन्न’, ‘आफ्नोपन’ लगायत गीत छन् ।

भूकम्प सचेतना’ म्युजिकभिडियो

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै