• २०८१ बैशाख २० बिहीबार

लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक(भिडियोसहित)

kharibot

काठमाडौँ । ''कला चल्यो, गला चल्यो, मान्छे चलेन ।  तिम्रो घरमा मेरी छोरी भान्से चलेन । किन सम्धिनी मान्छे चलेन ? किन सम्धीज्यू भान्से चलेन ?''

बद्री पङ्गेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ । बद्री पङ्गेनी युटुब च्यानलबाट बजारमा आएको गीतमा पङ्गेनी र रचना रिमालले स्वर दिएका छन् । गीतमा नारायण ज्ञवालीका शब्द र पङ्गेनी आफैँको सङ्गीत छ । पहिलो पटक गीतको भिडियो निर्देशन पङ्गेनी आफैँले गरेका छन् ।

बिपी फिल्म प्रालिले निर्माण गरेको भिडियोमा सन्तोष पन्त, लक्ष्मी गिरी, टीका जैसी, रेश्मी भट्ट, कृष्ण बराल, मनिषा राउत र बालकलाकार जेनिशा बुढा मगरको अभिनय तथा विश्वास नेपालको सङ्गीत संयोजन छ । पङ्गेनीले रहर जागेर भिडियो निर्देशन गरिएको र आगामी दिनमा पनि निर्देशनलाई निरन्तरता दिन सक्ने बताए । उनका अनुसार समाजमा जरा गाडेर रहेको जातीय विभेदको समस्या उजागर गर्दै अन्त्य गर्नमा मद्दत गर्ने विश्वास लिइएको छ ।

''हाम्रा चेलीहरुलाई कहिले न्याय हुन्छ
जातीय विभेद देख्दा न्याय आफैँ रुन्छ 
दाइजो देको औंठी चल्यो, मान्छे चलेन''

गीतमा कथित उपल्लो जातको युवकले कथित तल्तो जातकी युवतीसँग प्रेम गर्छ । उसले आफ्ना बुवाआमासँग विवाहको प्रस्ताव राख्छ, तिनले पानी नचल्ने भनिएकीसँग विवाह गर्न अस्वीकार गर्छन् । उसले विवाह नभए आत्महत्या गर्ने बताएपछि बाबुआमाले विवाह गर्ने स्वीकृति दिन्छन् । विवाह गरी युवक परदेशतिर लाग्छ । यता घरमा नयाँ बुहारी जातीय विभेदको चपेटामा पर्छे । श्रीमान आएपछि उनीहरु दुवै न्यायको ढोका ढक्ढक्याउन पुग्छन् । बुवाआमा दुवैलाई प्रहरीले पक्राउ गरी अदालतसम्म पुर्याउँछ । कानून बुझेपछि उनीहरुले बुहारीलाई स्वीकार्छन् र भान्सा सुम्पिन्छन् ।

लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ :

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै