• २०८३ असार २ मंगलबार

मास्टरसेफ युकेको उपविजेता बने सन्तोष

मास्टरसेफ युकेको उपविजेता बने सन्तोष

काठमाडौँ ।  वेलायतमा आयोजना भइरहेको 'बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२०' मा नेपाली सेफ सन्तोष शाह उपविजेता बनेका छन् ।

‘बीबीसी वन’ मा बिहीबार राति प्रसारित फाइनल राउण्डको अन्तिम चरणमा उनी उपविजेता बनेका हुन् ।  'बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२०' को विजेता युवा ब्रिटिश सेफ एलेक्स वेब बनेका छन् ।

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले राँगाको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा पस्किएका थिए । खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ड्रिंक्स  'ऐला' समावेश गरेका छन् ।

यस अघि सन्तोषले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भांगको अचार लगायतका थुप्रै मौलिक नेपाली परिकार सो प्रतिस्पर्धामा प्रदर्शन गरेका थिए ।उनले नेपाली ढाका टोपी लगाएर खाना पकाएका थिए । 

१५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटेलहरुमा १० वर्ष काम गरेका थिए।  त्यस पछि सन् २०१० को अन्त्यमा बेलायत आएका उनी अहिले सिनामोन ग्रुपमा हेड सेफको रुपमा काम गर्दै छन् ।

सन्तोष, नेपालको सर्लाही जिल्लाको कर्जन्हा गाउँमा जमिएका हुन् । उनी परिवारको सबै भन्दा सानो हुन् । उनको चार जना दाई तथा दुई जना दिदि छन् । उनी पाँच वर्षको हुँदा बुबाको मृत्यु भयो । आफ्नो खर्चको पैसा जुटाउन उनले प्लास्टिकको ब्याग तथा स्थानीय बजारमा सामान बेच्ने गर्दथे ।

उनी भन्छन्, 'म साथीहरु संग सात किलोमिटर खालि खुट्टा हिँडेर पाउरोटी किन्न जान्थे र मेलामा त्यसलाई बेच्थौँ ।'  उनी सम्झिन्छन् , 'मैले गाउँको नहर बनाउने ठाउँमा पनि मजदुरी गरे ।'

उनले १० कक्षा सम्म पढे तर एसएलसी भने पास गर्न कठिन भयो । करिब १५ वर्षको हुँदा उनी गाउँको साथीहरु संग कामको खोजीमा भारतको गुजरात पुगे । उनी भन्छन्, 'मैले त्यहाँ भाडा माझ्ने कम पाए ।' 

तर सधैं नयाँ कुरा सिक्ने उनीमा उत्सुकता हुन्थ्यो र त्यसैको कारण होटेलमा काम गर्न थाले , उनले अंग्रेजी सिक्न थाले र होटेल म्यानेजमेन्टमा डिप्लोमा गरे । त्यसपछि उनले एक पाँच तारे होटेलमा प्रमुख सेफको काम गर्न थाले ।

उनले भारतमा फुड फेस्टिभल आयोजना गरे, जसको कारण उनलाई गुजराती व्यापारीको लण्डनमा काम गर्ने र त्यहाँ बस्ने प्रस्ताव आयो । सन् २०१० मा उनी लण्डन पुगे । तर उनले काम गर्ने होटेल, उनको देखेको सपना जस्तो थिएन ।

उनले त्यस होटेल छाडे र डिसोममा कम गरे, जसले वेलायतमा निकै ख्याती कमाएको छ । पछि उनी बेनार्स र होटेल ललितसंग आवद्ध भए । उनी अहिले सिनामन कलेक्सनमा प्रमुख सेफको रुपमा काम गर्दछन् भने साफ्रनमा कार्यकारी शेफ छन् । ३५ वर्षीय सेफ सन्तोषले मास्टर सेफको जजको मन जित्ने मात्र नभएर नेपाली खानालाई विश्वसमक्ष चिनाएका छन् ।

नेपालबाट पहिलोपटक नेपाली खानाको प्रतिनिधित्व गर्ने सन्तोषको मास्टर सेफको फाइनल सम्मको यात्रा अविस्मरणीय रहेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै