• २०८१ बैशाख १७ सोमबार

ड्रग्स प्रकरणपछि भारतीको 'द कपिल शर्मा शो' मा कमब्याक

kharibot

काठमाडौँ । हालै ड्रग्स प्रकरणमा परेकी हास्यकलाकार भारती सिंह चर्चित कमेडी शो 'द कपिल शर्मा शो' मा कमब्याक गरेकी छन् ।

भारतीले सामाजिक संजालमार्फत जानकारी दिदै कपिल शर्मा शोमा फर्किएको जानकारी दिएकी छन् ।

यस अघि सोनी च्यानलले ड्रग्स प्रकरणमा फसेपछि भारतीलाई शोमा फेरी नल्याउने भारतीय मिडियामा उल्लेख गरिएको थियो । तर कपिल शर्माले भने भारतीलाई शोमा फिर्ता ल्याउन चाहेको बताइएको छ ।

सलमान खान निर्माता रहेको यो शोमा यस अघि चालिएको भारती फिर्ता नआउने विषय गलत भएको छ । भारतीको ड्रग्स प्रकरणपछि शोमा कमब्याक भएको छ । उनले शोको शुटिंग शुरु गरेकी छन् ।

उनको घरमा गाँजा भेटिएपछि भारती र उनका पति हर्ष लिम्बाचियालाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले हिरासतमा लिएको थियो । अदालतले भारती र हर्षलाई नोभेमब्र २२ मा जमानत दिएपछि उनीहरु बाहिर आएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै