• २०८१ बैशाख १७ सोमबार

कोरोना महामारीले बढ्दो ब्रेक-अप र सम्बन्ध विच्छेद

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । विश्वमा अहिले सम्बन्ध विच्छेदको दर बढ्दो छ र विशेषज्ञहरु यसलाई महामारीको परिणाम मध्ये एक भएको बताएका छन् । सात वर्षको वैवाहिक सम्बन्ध पछि २९ वर्षीय सोफी टर्नर र उनका श्रीमानले सम्बन्ध विच्छेदको लागि निवेदन दिएका छन् ।महामारीभन्दा पहिला उनीहरुले कहिले पनि अलग हुने बारेमा सोचेका थिएनन् तर महामारीको समयमा उनीहरुको सम्बन्धमा चिसोपन बढ्दै गयो ।

वेलायतमा बालबालिकाको सहयोगको लागि सामाजिक कार्य गर्ने सोफी भन्छिन्, “म निकै तनाबमा हुन्छु र यो हाम्रो सम्बन्ध विच्छेदको परिक्षणको रुपमा लिएका थियौ तर यसलाई स्थायी गर्नुपर्ने कुरा बुझ्न धेरै दिन लागेन ।”

वेलायतमा मात्र नभएर विश्वमा अहिले उनीहरुको जस्तो अनुभव र निर्णयमा पुगेका जोडीहरुको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । वेलायतको प्रख्यात ल फर्म स्टिवार्ट्सको अनुसर पछिल्लो वर्षको तुलनामा जुलाई देखि अक्टोबर सम्ममा सम्बन्ध विच्छेद गर्नेको संख्यामा १२२ प्रतिशत वृद्धि भएको छ ।

कोरोना महामारीको शुरुवातमा सबै भन्दा कडा लकडाउन लागु गरिएको चीन तथा हालै लकडाउनमा गएको स्विडेनमा पनि यस अवस्था बढ्दो छ । महामारीले मानिसको सम्बन्धमा प्रभाव गरेको विषय कुनै नौलो होइन तर अब यस समस्या सन् २०२१ सम्म पनि कायम हुने देखिएको छ ।

ल फर्म स्टिवार्ट्सकी कार्ली किन्च भन्छिन्, “जोडीहरु बीच सम्बन्ध विच्छेद हुने कारण परिवर्तन भएको छैन, सामान्य रुपमा घरमा एकअर्का संग खुसि भई बस्न नसक्ने मानिसहरुले सम्बन्ध तोड्ने गर्दछन् ।”

किन्च र उनको टिम वेलायतमा लक्डाउन समाप्त भएपछि डिभोर्सको निवेदन देखेर कुनै आश्चर्यमा परेका थिएनन् किनभने उनीहरुलाई थाहा थियो कि जब परिवारको सदस्यहरु लामो समयसम्म घरमा समय बिताउने गर्दछन् तब कलहको नयाँ रुप उत्पन्न हुनेछ ।

उनी भन्छिन्, “तर यस पटक भने केहि फरक भएको छ , डिभोर्स दर्ता गर्नेमा सबै भन्दा अग्रपंक्तिमा महिला रहेका छन् । पछिल्लो वर्ष सम्बन्ध विच्छेदको लागि अपिल गर्ने महिलाको संख्या ६० प्रतिशत थियो तर लकडाउन पछि यस संख्यामा वृद्धि भएर ७६ प्रतिशत पुगेको छ ।”

उनको अनुसार, यसको मुख्य कारण भनेको लकडाउनको समयमा महिला माथि घरको काम र बालबलिका तथा अन्य परिवारका सदस्यको रेखदेखको तनावमा वृद्धि हुँदै जानु हो । एक अनुसन्धानको अनुसार, कार्यालयमा काम गर्ने  जोडीहरुकोलागि वर्क फ्रम होम र घरको कामको चापले उत्पन्न भएको अवस्था “डिभोर्स” हो । जहाँ महिला पार्टनरलाई कामको बोझ बढी हुन्छ र कामको बाँडफाँडमा असमानता हुन्छ ।

उनी भन्छिन्, “मलाई लाग्छ कि लकडाउनको समयमा महिलाले गरेको अनुभव र सोचाईमा भिन्नता हुनु हो, महिलाले आफ्नो जीवनसाथीले संगै समय विताउँदा रमाइलो क्षण तथा काममा सहयोगको अपेक्षा गरेका हुन्छन् तर पुरुष भने त्यसको विपरित भएको पाउने गर्दछन् ।’

टर्नर भन्छिन्, “हाम्रो छुट्टिने निर्णय सहमतिमा भएको थियो, शुरुवातमा कोरोना संक्रमणबाट बच्न हामी छुट्टै कोठामा सुत्न शुरु गर्यौं र केहि समय पछि सम्बन्धमा एकलाई अर्काको कुनै आवश्यकता नरहेको अनुभव गर्न थाल्यौं ।”

महामारीले गर्दा संचार र कुराकानीमा कमि भएर पनि ब्रेक-अप तथा सम्बन्ध विच्छेद हुने गरेको छ । उनले भनिन्, “हाम्रो सम्बन्ध टुट्ने अवस्थामा थियो, दुवै जनाको कुराकानी गर्न बन्द भएको थियो ।”

टर्नरको घरायसी काममा भार बढ्दै गयो, उनले आफ्नो छोराको होम स्कुलमा सहयोग गर्नुपर्ने हुन्थ्यो र आफन्तको बच्चा पनि हेर्नुपर्ने थियो, उनी व्यस्त भएको देख्दा श्रीमान साथीहरु संग बाहिर निस्कने गर्दथे । अन्य जोडीहरुले  भने महामारीको लकडाउनले मानसिक स्वास्थ्यमा असर गरेको हुँदा अलग हुनुपरेको बताएका छन् ।

एम्स्टर्डममा बस्ने ४३ वर्षीय म्यारीलाई मार्च महिनामा कोरोना संक्रमण भयो र यसले उनको जीवनसाथीको मानसिक सवास्थमा नकारात्मक प्रभाव पर्न गयो ।

उनी भन्छिन्, “मैले सबै कुराको जिम्मा लिनुपर्ने थियो र एक महिना सम्म क्वारेन्टिनमा बस्नु पर्यो, त्यस समयमा जीवन र मरणको क्षण थियो , म लामो समय सम्म कोभिडको बिरामी थिए ।” त्यसपछि उनले पार्ट-टाइम काम र चार वर्षको बच्चाको रेखदेख गर्नुपर्ने थियो ।

उनले भनिन्, “त्यस समयमा मलाई थाहा भयो कि हाम्रो सम्बन्धमा म धरै पिडित थिए , भावनात्मक रुपमा, शारीरिक रुपमा र मानसिक रुपमा मलाई ठुलो भार थियो । त्यसैले मैले सम्बन्ध विच्छेद गर्ने निर्णय गरे ।” धेरै बलियो सम्बन्धहरुले पनि महामारीको समयमा जस्तो समस्या भोगेका थिएनन् ।

मानोचिकित्सक रोनन स्टिलम्यान भन्छन् महामारीले मानिसको दैनिक कार्यमा असर गर्यो, यस समयमा जोडीहरुले एक अर्कासंग सहयोग र सहकार्यको आशा गर्छन् तर वास्तवमा त्यो भएन र मानिसहरु सम्बन्धमा थप फसेको अनुभव गर्न थाले ।”

अमेरिकाको स्टॉकहोम बस्ने नोरा र उनको स्पेनिस प्रेमीबीच महामारी शुरुवात भएको केहि महिनामा ब्रेकअप भयो । उनीहरु महामारीको समयमा संगै बस्न थालेका थिए , उनीहरुले महामरीको अवस्थालाई गम्भीरताको रुपमा लिएका थिए । घर बाट बाहिर जादैनथिए भने वर्क फ्रम होमको शुरुवात गरेका थिए । उनीहरुको सामाजिक भेटघाट र सामाजिक जीवन ठप्प भएको थियो । केहि समय पछि दुवै जना संगै फसेको अनुभव गरे र छुट्टिने निर्णय लिए ।

किन्च भन्छिन्, “अहिले अमेरिका र क्यानडा सहित अन्य थुप्रै राष्ट्रहरुमा नवविवाहितहरुले सम्बन्ध विच्छेद गरेका छन्, यसको प्रमुख कारण भनेको दुवैजनाको जीवनशैली नमिल्नु र वैवाहिक जीवनबाट धेरै अपेक्षा राख्नु हो ।”

विशेषज्ञहरु भन्छन्, “ सम्बन्ध बिग्रिनुको मुख्य कारण आर्थिक भार पनि हो, जुन अहिले कोरोना महामारीको कारण झन् बढ्दै गएको छ । मानिसहरु वेरोजगार भएका छन् भने कम पैसामा काम गर्न बाध्य छन् ।”

अहिले दोश्रो विश्वयुद्द पछिको सबै भन्दा खराब आर्थिक मन्दीको रुपमा रहेको छ र यसले वैवाहिक अस्थिरताको परिणाम निम्त्याएको छ  ।

आम्दानीमा कमि हुने बित्तिकै कस्तो जीवन बाच्ने अन्योल तथा मानसिक तनाव बढ्दै जाने गर्दछ र यसले आवश्यकता पुरा गर्न कठिन भएको समयमा सम्बन्धमा फाटो आउने गर्दछ ।

पुरुषहरुमा आत्मविश्वास घट्दै जानु पनि एउटा कारण हो किनभने महिलाले जहिलेपनि आफ्नो घरपरिवारको लागि आर्थिक सुरक्षाको बारेमा सोच्ने गर्दछन् र यसले डर, रिस र निराशा उत्पन्न हुन्छ र घरेलु हिंसामा परिणत हुन्छ ।

आर्थिक समस्या संगै महामारीले सबैभन्दा बढी प्रभावित गरेको क्षेत्र, हस्पिटालिटी, रिटेल र पर्यटन हो यस क्षेत्रमा महिला, युवा र आदिवासी समुदायका मानिस बढी रहेका छन् ।

वेलायतकी निकिता अमिन भन्छिन्, “ महामारीले यस समूहका मानिसलाई मानसिक रुपमा बढी प्रभाव परेको छ ।”

उनी भन्छिन्, “ यस समूहका मानिसलाई मानसिक स्वास्थ्य र सहयोगको बारेमा थाहा छैन र थाहा भएकाहरु संग पनि समय र पैसाको अभाव छ । उनीहरु आफ्नो सम्बन्ध विच्छेदको बारेमा समाज र आफन्तले थाहा पाए भने के हुन्छ ? भन्ने विषयमा चिन्तित हुने गर्दछन् ।”

सन् २०२१ मा खोप उपलब्ध हुने आशाले कतिपय मानिस महामारी भन्दा पहिलाको जीवनशैलीमा फर्किएका छन् तर यसले सम्बन्ध विच्छेदमा कमि हुने कुरामा विशेषज्ञहरु सहमत छैनन् ।

कोरोना महामारीले लामो आर्थिक मन्दी हुने पक्का छ र यसले मानिसहरुलाई आर्थिक समस्या र वेरोजगारीले वैवाहिक जीवन प्रतक्ष्य प्रभावित हुनेछ ।

तर यदि विश्वमा आर्थिक मन्दी छिट्टै सकिने हो भने यस समस्याको समाधान हुनेछ ।

किन्चले आफ्नो “ल फर्म” मा मानिसहरु सम्बन्ध विच्छेद पछिको जीवन कस्तो हुन्छ ? भन्ने प्रश्न सोध्ने गरको बताउछिन् ।

लण्डनका एक मानोचिकित्सक नोल बेल भन्छन्, “मानिसहरुले लकडाउनको समयमा आफ्नो आवश्यकता, जीवनसाथी र जीवनको बारेमा सोच्ने मौका पाए । उनीहरुले आफ्नो जीवनको अमुल्य समय को संग, कहाँ र कसरी बिताउने भन्ने बारेमा प्रष्ट निर्णय लिन थालेका छन् ।”

आफ्नो सात वर्षको वैवाहिक सम्बन्धलाई अन्त्य गरेकी सोफी भन्छिन्, “महामारीको सकारात्मक पक्ष भनेको नै आफ्नो बारेमा थाहा पाउनु हो जसलाई “रियलाईजेसन” भनिन्छ नत्र हामी एकै घरमा श्रीमान श्रीमतीको रुपमा एकअर्कासंग नबोली जीवन बिताउने थियौं । अहिले हामी साथीको रुपमा झन् खुसी भएका छौं र सानो-सानो कुराले रिसाउने गर्दैनौ ।”

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै