• २०८१ बैशाख २१ शुक्रबार

नेप्सेमा छलाङ, ७५ अंकले बढ्दा नौ अर्ब २२ करोडको किनबेच

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्सेले छलाङ मारेको छ । आज नेप्से ७५ दमसलव दुई अंकले बढेर १९ सय ६८ दसमलव २७ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि १८ दसमलव ७६ अंकले बढेर तीन सय ८३ दसमलव ९३ बिन्दुमा चढेको छ ।

दुई सय वटा कारोवारमा ८० हजार दुई सय ७१ पटकको कारोवारमा दुई करोड ५९ लाख ४५ हजार तीन सय ८० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर किनबेच हुंदा कारोवार रकम नौ अर्ब २२ करोड ७३ लाख ४८ हजार तीन सय ४८ रुपैयाँ पुगेको छ ।  

आज १२ वटा समुहको कारोवार हुंदा आठ वटा समुहको सुचक बढेर चार वटा समुहको सुचक घटेकाछन । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक एक सय १२ दसमलव ३२ अंकले बढेर १५ सय ४९ दसमलव ८९ बिन्दुमा चढेकोमा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, फाईनान्स, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

निर्जिवन बीमा समुहको सुचक भने ४५ दसमलव ५५ अंकले घटेर नौ हजार छ सय ७५ दमसलव १५ बिन्दुमा झरेकोमा होटल, ट्रेडिङ र उत्पादनमुलक समुहको सुचक पनि क्रमश ३५ दसमलव ३७ र ३७ दसमलव २७ अंकले घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको ग्रिन डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक सय ६५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने १० प्रतिसतले घटेर तीन हजार छ सय रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने नेपाल पुर्नबीमा कम्पनीको आज एकै दिन ५१ करोड ७९ लाख ९१ हजार आठ सय ३७ रुपैयाँको कारोवार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै