• २०८१ बैशाख १७ सोमबार

शे-फोक्सुण्डो निकुञ्ज क्षेत्रको जडिबुटीमा स्थानीयवासीको एकाधिकार माग

kharibot

प्रतिनिधि तस्वीर

डोल्पा । डोल्पाका जनताले विकास निर्माणका काम शे-फोक्सुण्डो निकुञ्ज क्षेत्रमा गर्न पाउनुपर्ने र जडिबुटीमा यहाँका जनताको मात्रै एकधिकार हुनुपर्ने लगायतका माग राखेका छन् ।

कृषि सहकारी तथा श्रोत समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण उप-समितिका सदस्य भवानी प्रसाद खापुङ, भुपेन्द्रबहादुर थापा र राजबहादुर क्षेत्रिको टोलीले जनस्तरतमै पुगेर गरेको अन्तरक्रियामा यहाँका जनताबाट लिएका राय सुझावलाई निकुञ्ज ऐनमा संसोधनका लागि पेशगर्ने, शे-फोक्सुण्डो निकुञ्जको कोर क्षेत्रमै बस्ती भएकाले छुट्टै नियमावली बनाउनुपर्ने लगायतका कुरामा संसदमा सिफारिस गर्ने संसदीय टोलीले गरेको निकुञ्जका प्रमुख सरोजमणी पौडेलले बताएका छन् ।

उक्त टोलीले त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, शे-फोक्सुण्डो गाउँपालिका जनतासँग निकुञ्जको काम कारवाही र निकुञ्ज क्षेत्रमा गरिने विकाससम्बन्धि बृहत छलफल गरेको थियो ।

निकुञ्ज स्थापना हुनु भन्दाअघिका बस्ती भएकाले गम्भिर रुपमा अध्ययन गरेर मात्रै संसदमा सिफारिस गर्ने समितिकी सभापति सुवेदीले बताएका छन् ।

समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले निकुञ्ज क्षेत्रका जनताले कठिन जनवीवन बिताइरहेकाले निकुञ्जका लागि छुट्टै ऐन नियम बनाउन सरकारलाई सुझाव दिने बताए ।

निकुञ्ज विश्वकै दुर्लभ वन्यजन्तु हिँउ चितुवा, कस्तुरी, नावर, बहुमूल्य जडिबुटी यार्सागुम्बा, नेपालकै गहिरो फोक्सुण्डो ताल लगायतका पक्षबाट विश्वमाझ चिनिएको छ ।

नेपालकै ठुलो उक्त निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको स्थलगत भ्रमण सँगै यहाँका जनताको राय सुझाव लिएर उक्त टोली फर्किएको छ ।

पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा गरिने विकास निर्माणका विषयलाई लिएर निकुञ्ज, जनता र स्थानीय तहबीच बढ्दै गएको दूरीका विषयमा स्थलगत अध्ययनका लागि संसदीय टोली यहाँ पुगेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै