• २०८१ बैशाख १७ सोमबार

दिपिकाले शुरु गरिन् नयाँ चलचित्रको छायांकन 

kharibot

फाइल तस्वीर

काठमाडौँ । दिपिकाले शाहरुख खानको साथमा नयाँ चलचित्रको शुरुवात गरेकी छिन् ।

यस जोडी बक्स अफिसमा सधैं सुपरहिट रहेका छन् ।

बलिवुडको उत्कृष्ट नायिका मध्ये दिपिका पादुकोण सबै भन्दा व्यस्त रहने नायिका हुन् ।

उनी केहि समय पहिला शकुन बत्राको निर्देशनमा बनिरहेको रोमान्टिक ड्रामा फिल्मको छायांकनमा व्यस्त थिइन् ।

अहिले उनी हिन्दी चलचित्रको बादशाहको रुपमा रहेका नायक शाहरुख खानको साथमा अघोषित शिर्षक रहेको चलचित्र “पठान” को शुरुवात गरेकी छिन् ।

सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको चलचित्रको सेटमा दिपिकाले सोमबारबाट शाहरुखको साथमा आफ्नो उपस्थिति दर्ता गरेकी छिन् ।

दिपिका पादुकोण शकुन बत्राको निर्देशनमा सिद्धन्त चतुर्वेदी र अनन्या पाण्डेको साथमा मुम्बईमा एक चलचित्रको छायांकनमा व्यस्त थिन् ।

सोमवार देखि उनले मुम्बई स्थित यशराज फिल्म स्टूडियोजमा शाहरुख खानको साथमा 'पठान' फिल्मको छायांकन शुरु गरेकी छन् ।

फिल्मका मुख्य अभिनेता शाहरुख खानले केहि दिन पहिला मुम्बईमा यस चलचित्रको छायांकन शुरुवात गरेका थिए । 

चलचित्र “पठान”  मा दिपिका र शाहरुख चौथो पटक रोमान्टिक जोडी बनेका छन् ।

यस भन्दा पहिला यिनीहरुले “ ओम शान्ति ओम” ‘ ह्यापी न्यु इयर” र “चेन्नाई एक्सप्रेस” चलचित्रमा एक साथ काम गरेका छन् ।

बक्स अफिसमा यी तीन चलचित्र सुपरहिट रहेका छन् । त्यसैले पनि दिपिका पादुकोणलाई शाहरुखले यस चलचित्रमा सामवेस गराएका छन् ।

'पठान' मा शाहरुख खानको नायिका दिपिका पादुकोण छिन् भने यसमा भिलेनको भूमिकामा जोन अब्राहम रहेका छन् ।

जोनले यस चलचित्रको लागि छायांकन शुरु गरेका छैनन् । किनभने उनी यस समय दिव्या खोसला कुमारसंग लखनऊमा आफ्नो फिल्म “सत्यमेव जयते २” को छायांकनमा व्यस्त छन् ।

यस चलचित्रलाई पुरा गरेपछि जोन, शाहरुख खान संग काम गर्नेछन् । 

दिपिका पादुकोणलाई पछिल्लो पटक यसै वर्षको शुरुवातमा रिलिज भएको चलचित्र  “छपाक” मा बिक्रम मेसिको साथमा देखिएको थियो ।

दिपिकाको चलचित्र “८३” उनको श्रीमान रणवीर सिंहको साथमा बनेर तयार छ र आउँदो वर्ष जनावरीमा रिलिज हुनेछ ।

दिपिकाको नाम तेलुगु चलचित्रको सुपरस्टार प्रभासको चलचित्र संग पनि जोडिएको छ र उक्त चलचित्रलाई नाग आश्विनले निर्देशन गर्ने भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै