• २०८१ बैशाख १७ सोमबार

ह्वाइटहाउस छोडेपछि यी कानुनी झमेलामा पर्न सक्छन् डोनाल्ड ट्रम्प !

kharibot

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चुनाव हारेपछि अब आउदा दिन उनका लागि कठिन हुने संकेत देखिएको छ । जनवरी २० मा ह्वाइटहाउस छोड्नासाथ ट्रम्पलाई राष्ट्रपतिले पाउने विशेषाधिकार नहुने र त्यसो हुदा उनलाई आधा दर्जनभन्दा बढी विषयमा मुद्धा चल्न सक्ने बताइएको छ ।

अमेरिकी फेडरल र न्युयोर्कका पूर्व प्रोर्सिक्यूटर डेनियल आफ अलोन्सो भन्छन्- जब ट्रम्प ह्वाइटहाउसबाट बाहिर हुने छन् त्यति बेला माहोल बदलिने छ, जाँचलाई रोक्ने राष्ट्रपतीय बलको खतरा हुने छैन ।' राष्ट्रपति ट्रम्पका विरुद्ध यौन उत्पीडनदेखि धोखाधडीक कैयौं प्रकरण रहेका छन् ।

ट्रम्पविरुद्ध सबैभन्दा चर्चित प्रकरण यौन प्रकरण रहेको छ । प्लेब्वाय मोडल केरन म्याकडुगल र एडल्ट फिल्म अभिनेत्री स्टार्मी डेनियल्सलाई चुप लाग्न ट्रम्पले पैसा दिएको विषय निकै चर्चित रहेको छ । दुवै महिलाले ट्रम्पलाई आफूसँग शारिक सम्बन्ध बनाएको र २०१६ को निर्वाचन अघि चुप लाग्न पैसा दिएको बताएका थिए । २०१८ मा यो विषय बाहिर आएपछि ट्रम्पका विरोधीहरुले उनलाई घेरा हाल्न थाले र यस विषयमा अपराधिक जाच शुरु भएको थियो ।

यो प्रकरणको शुरुवातमा ट्रम्पका निजि वकिल माइकल कोहेनमाथि केन्द्रित रहेको थियो । उनीमाथि फेडरल कानुन उलंघन गरेको आरोप थियो । कोहेनले अनुसन्धानको क्रममा दुवै महिलालाई पैसा दिएको स्वीकार गरेका थिए । यस भुक्तानीलाई वित्तीय नियमको उलंघन पाइएको थियो र कोहेनलाई तीन बर्षको जेल सजाय भएको थियो । कोहेनले ट्रम्पले सो भुक्तानी गर्न निर्देशन दिएको आरोप लगाएका थिए । त्यति बेला ट्रम्पको विरुद्ध प्रशस्त प्रमाण हुदा पनि यो विषयमा उनीमाथि मुद्धा चलाउन सकिएको थिएन किनकी अमेरिकी कानुन अनुसार राष्ट्रपतिमाथि अपराधिक मुद्धा चलाउन सकिदैन । यसको अर्थी यो होइनकी यो प्रकरण बन्द भयो । भुक्तानीका विषयमा ट्रम्प अर्गनाइजेसनसँग सम्बन्धित दोस्रो अपराधिक मामिलामा अहिलेपनि छानबिन जारी रहेको छ ।

त्यस्तै ट्रम्पविरुद्ध  कर र बैंकलाई धोका दिएको विषयमा जाँच भइरहेको छ । २०१९ अगस्तमा ट्रम्प अर्गनाइजेसनको विरुद्ध जाँच शुरु भएको छ । यस विषयमा वित्तीय रेकर्ड र ट्रम्पको आठ बर्षको कर चुक्ताको विवरण मागिएको थियो । त्यसपछि ट्रम्पले आफ्नो विशेष अधिकारको प्रयोग गर्दै यसलाई राजनीतिबाट प्रेरित भन्दै रोकेका थिए ।

ट्रम्प अर्गनाइजेसनका विरुद्धमा यस्ता कर, इन्सुरेन्स र बैंकलाई धोका दिएको विषयमा कैयौं मुद्धा रहेका छन् । यद्यपी सर्वोच्च अदालतमा ट्रम्प पक्ष न्यायाधिशको बहुमत रहेकाले राहत हुनसक्छ तर उनलाई त्यसो गर्न सजिलो भने हुने छैन ।

त्यस्तै ट्रम्प अर्गनाइजेसनविरुद्ध न्युयोर्कमा रियल स्टेटमा धोकाधडीको विषय पनि रहेको छ । न्युयोर्कका महान्यायाधिवक्ता लेटिशा जेम्सले यस केस लाई हेरिरहेको बताइएको छ । यो विषयपनि कोहेनसँग सम्बन्धित रहेको छ । २०१९ मा कोहेनले ट्रम्पले बैंकको रिन लिन आफ्नो सम्पतिलाई बढाई चढाई पेश गरेको र कर कम गर्न मुल्य कम देखाएको बताएका थिए । यस विषयमा अहिले प्रमाण जुटाउने कार्य भइरहेको अमेरिकी मिडियामा चर्चा छ । प्रमाण जुटाएमा महान्यायाधिवक्ता जेम्सले यस विषयलाई अपराधिक जाँचको रुपमा अगाडी बढाउन सक्ने बताईएको छ ।

त्यस्तै ट्रम्पविरुद्ध अमेरिकी कानुन अनुसार राष्ट्रपति कार्यालय संचालनका क्रममा विदेशी फाइदा लिन नपाइने र लिनुपरेमा काँग्रेसको सहमति लिनुपर्ने व्यवस्था रहेको छ । तर ट्रम्पले यस सम्बन्धि तीन विषयमा कानुन उलंघन गरेको आरोप रहेको छ । साथै विदेशी अधिकारीहरुलाई वाशिंगटन डिसीमा ट्रम्प इन्टरनेशनल होटलमा राखेको विषय पनि रहेको छ ।

त्यस्तै ट्रम्पविरुद्ध कैयौं यौन दुराचारको आरोपहरु रहेका छन् । अधिकांश आरोप उनी राष्ट्रपतिमा निर्वाचित भएपछि बाहिर आएका छन् । यस विषयमा जीन केरल नाम गरेकी महिलाले १९९० मा ट्रम्पले मेनहेटनको एक लक्जरी डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा ट्रम्पले रेप गरेको आरोप लगाएकी थिइन् । केरलले ट्रम्पविरुद्ध मानहानीको मुद्धा समेत दायर गरेकी छन् । यो मुद्धा बढ्दै गएपछि अमेरिकी न्याय विभागले यसमा हस्तक्षेप् गर्दै यसलाई ट्रम्पको सट्टा अमेरिकालाई प्रतिवादी बनाइदिएको थियो । यसपछि फेडरल न्यायाधिशले फैसला गर्दै यो प्रकरणमा अमेरिकासँग केहि सम्बन्ध नभएको निर्देशन दिएका थिए । यस विषयमा केरललाई प्रमाण जुटाउन भनिएको छ ।

त्यस्तै ट्रम्पविरुद्ध उनो टिभी शो द अप्रेटिसकी पूर्व प्रतियोगीले २००७ मा बेवर्ली हिल्स होटलमा नोकरीको लागि कुराकानीका क्रममा उनलाई यौन उत्पीडन गरेको आरोप लगाएकी थिइन् ।  तर ट्रम्पले भने दुवै आरोपलाई खारेज गरेका छन् ।

त्यस्तै ट्रम्पविरुद्ध उनकी भतिजी मेरी ट्रम्पले दायर गरेको मुद्दाले पनि निकै चर्चा बटुलेको थियो । उनले ट्रम्पले सम्पतिको विषयमा धोका दिएको आरोप लगाएकी थिइन् । मेरीले १९८१ मा ट्रम्पका सानो भाईको ४२ बर्षको उमेर निधन हुदा व्यापारमा उनको पनि राम्रो हिस्सा रहेको बताउदै मृत्यु पछि आफुहरुको ख्याल नगरेको आरोप लगाएकी थिइन् । उनले मानहानी स्वरूप ५ लाख डलर जरिवानाको माग गरेकी थिइन् । यो विषयमा ह्वाइटहाउसले मेरीको दाबि गलत भएको बताएको थियो । तर ट्रम्पले यस विषयमा जवाफ दिन अझै बाँकी रहेको बताइएको छ ।

यी प्रकरणमा ट्रम्प अहिले राष्ट्रपति भएकाले अनुसन्धान अगाडी बढेका छैनन् भने केहि प्रकरणमा प्रमाण जुटेको छैन । तर उनले राष्ट्रपति निवास छोड्ना साथ यी मुद्दाउले उनको फेरी पिछा गर्ने अमेरिकी मिडियामा चर्चा रहेको छ ।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै