• २०८३ असोज ३ शनिबार

अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति, को हुन् कमला ह्यारिस ?

अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति, को हुन् कमला ह्यारिस ?

काठमाडौँ । अमेरिकाको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपति बनेकी छन् कमला ह्यारिस । राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जो बाइडनले उपराष्ट्रपति पदमा भारतीय-जमैकन मुलकी कमला ह्यारिसलाई उम्मेदवार बनाएका थिए । अब राष्ट्रपतिमा बाइडेन विजयी भएसँगै कमलाले पनि अमेरिकी राजनीतिमा नयाँ इतिहास लेखेकी छन् ।

पछिल्लो मत परिणाम अनुसार बाइडेनले २७९ इलेक्ट्रोल मत प्राप्त गर्दै राष्ट्रपति विजयी भएका हुन् । त्यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्ट्रोल मत प्राप्त गरेका छन् । अमेरिकामा अहिलेपनि पाँच राज्यमा मतगणना भइरहेको छ, जसमा चार राज्यमा बाइडेन अगाडी रहेका छन् ।

कमला अमेरिकी उपराष्ट्रपति बन्ने पहिलो अश्वेत, एशियाली-अमेरिकी महिला हुन् । अमेरिकी उपराष्ट्रपति निर्वाचनमा यस अघि दुई महिला उम्मेदवार सारह पालिन (२००८) र गेराल्डीन फेरारो (१९८४) बने पनि उनीहरु ह्वाइटहाउसमा जान भने पाएका थिएनन् ।

को हुन् कमला ह्यारिस ?

५५ वर्षीय कमला अहिले क्यालिफोर्नियाबाट अमेरिकी सिनेटर रहेकी कमलाले डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवार बन्ने दौडमा बाइडेनलाई चुनौती दिएकी थिइन् । राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएपछि नै उनको नाम उपराष्ट्रपती पदका लागि चर्चामा रहेको थियो । उनी क्यालिफोर्नियाको पूर्व महान्यायाधिवक्ता समेत हुन् ।

उनका आमा बुबा अमेरिकामा आप्रवासीको रुपमा अमेरिका गएका थिए , उनकी आमाको जन्म भारतमा भएको हो भने बुबा जमैकन हुन् । कमलाको देवी ह्यारिसको जन्म सन् १९६४, अक्टोबर २० मा ओकल्याण्ड, क्यालिफोर्नियामा भएको हो ।

उनकी आमा श्यामला गोपालन सन् १९६० मा भारतको तमिलनाडुबाट उच्च शिक्षाको लागि अमेरिका गएकी थिइन्, उनी स्तन क्यान्सरसम्बन्धि वैज्ञानिक हुन् । कमलाको बुबा स्ट्यानफोर्ड विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् । भारतीय-जमैकन मुलकी कमला आफुलाई अमेरिकनको रुपमा परिचित गराउछिन् ।

ह्यारिसको एक बहिनी छिन् उनको नाम माया ह्यारिस हो । उनी बाल्यकालमा दुवै चर्च र हिन्दु मन्दिर जाने गर्थिन् । उनले अध्ययन गरेको विद्यालयमा ९५ प्रतिशत गोरा जातिका मानिस थिए, उनलाई कोटा पुरा गर्नको लागि बर्कली विद्यालयमा भर्ना दिइएको थियो ।

उनी सात वर्षको हुँदा आमाबुबाको डिभोर्स भयो र  उनी छुट्टिको समयमा आफ्नो बुबालाई भेट्न जाने गर्थिन् । उनी कालो वर्णको भएको कारण अन्य अभिभावकले आफ्ना बालबालिकालाई उनीसँग खेल्न रोक लगाउने गर्दथे । उनी १२ वर्षको हुँदा आफ्नो आमासँग क्यानाडा गईन्, त्यहाँ उनि वेस्ट मन्ट हाइस्कुलको लोकप्रिय विद्यार्थी थिइन् । उनले आफ्नो क्यूबेक स्नातक त्यहि विद्यालयबाट पुरा गरिन् ।

उनले आफ्नो उच्च शिक्षा हावार्ड विश्वविध्यालयबाट पुरा गरेकी हुन् । सन् १९८६ मा वाशिंगटन, डीसी मा रहेको हावार्ड विश्वविद्यालयबाट उनले पोलिटिकल साइन्स र इकोनोमिकबाट स्नातकोत्तर पुरा गरिन् ।

त्यहाँको अनुभव आफ्नो व्यक्तिव विकासमा महत्पूर्ण भुमिका रहेको बताएकी छिन् 

त्यसपछि उनले क्यालिफोर्नियाको सिनेटर एलन क्र्यानस्टनमा इन्टर्नको रुपमा काम शुरु गरिन् । सन् १९८९ मा उनले क्यालिफोर्नियाको हास्टिंग कलेज अफ ल बाट पीएचडी पुरा गरिन् ।

सन् १९९० मा उनले बारको परिक्षा पास गरिन् र स्टेट बार अफ क्यालिफोर्नियामा भर्ना भईन् । त्यसपछि उनले अलामेदा काउन्टी प्रोसिक्यूटर कार्यालयमा काम गर्न शुरु गरिन् ।

उनले त्यहाँ ओकल्याण्डको सेक्स अपराधको विषयमा सहायक अभिवक्ताको रुपमा काम गरिन् । उनि आफ्नो करियरमा परिवारले निकै सहयोग गरेको बताउँछिन् ।

उनी अधिवक्ताहरुको नराम्रो छवि नरहेको कारण आफुले पुरै प्रणालीलाई सुधार्न लक्ष्य लिएको बताएकी थिइन् ।

सन् १९९४ मा उनको क्यालिफोर्नियाका नेता तथा राज्य विधानसभाका प्रवक्ता विलि ब्राउनसँग प्रेम सम्बन्ध रहेको थियो  । विलि उनी भन्दा ३० वर्ष जेठो थिए ।

ब्राउनको सहयोगमा ह्यारिस क्यालिफोर्नियाको बेरोजगार विमा योजना तथा स्वास्थ्य निकायको सहयोगीको रुपमा नियुक्त भइन् । त्यहाँबाट उनलाई अधिवक्ताको तलब सहित ८० हजार अमेरिकी डलर दिएको थियो ।

सन् १९९५ मा ब्राउन सान फ्रान्सिस्कोका मेयरमा निर्वाचित भए तर डिसेम्बरमा ह्यारिस र ब्राउनको सम्बन्ध टुंगियो । सान फ्रान्सिस्को जिल्ला अघिवक्ता बनेपछि उनले शहरको कीशोरीहरुलाई देहव्यापारको मुद्धा जितेकी थिइन् । उनले महिलालाई पिडितको रुपमा रहेको र देहव्यापार गर्ने अपराधी नभएको वकालत गेरको थिइन् ।

त्यस समयमा उनको उच्च अधिकारीहरुसँग राम्रो सम्बन्ध कायम भयो । सन् २००३ को उनको पहिलो अभियानमा उनीहरुले आर्थिक सहयोग गरेका थिए । उनले रनअफमा ५६.५ प्रतिशत मत सहित विजयी भइन् । उनको जितसँगै उनी क्यालिफोर्नियाको पहिलो कालाजातिको महिला जिल्ला अधीवक्ता भइन् ।

सोहि चुनावमा उनको पुर्वप्रेमी विलि ब्राउनलाई पछि पार्दै गेभिन न्युसम क्यालिफोर्नियाको मेयर भए । न्युसम कमलाको मिल्ने साथी हुन् र अहिले उनी क्यालिफोर्नियाका गभर्नर रहेका छन् ।

उनको पहिलो तीन वर्षको कार्यकालमा दोषीलाई सजाय हुने दर ५२ प्रतिशत बाट ६७ प्रतिशतमा पुग्यो ।

सन् २००४ मा उनको अहिलेसम्मको सबै भन्दा विवादित निर्णय थियो । उनले सान फ्रान्सिस्कोमा हत्या गरिएका प्रहरी आइज्याक एस्पिनोजाको दोषीलाई मृत्युदण्ड नदिने निर्णय गरेकी थिइन् ।

उक्त प्रहरीको अन्तिम बिदाईको क्रममा सांसद डेनिन फेन्सटिनले उनको निर्णय प्रति आलोचना गरेका थिए । त्यस समयमा फेन्सटिन सयौं प्रहरीको सलामी दिने ठाउँको अगाडी रहेका थिए  ।

एकपटक उनी अभिवक्ताको रुपमा काम गर्दा एक विशेषज्ञले डीए ल्याबबाट कोकेन चोरेको मुद्धाले उनि अप्ठ्यारोमा परेकी थिइन् । प्रमाणको गलत प्रयोग भएको र उनले त्यस कुरा डिफेन्सलाई भन्न बिर्सेको कारण हजारौं ड्रग्स सम्बन्धि मुद्धा छाड्नुपरको थियो । उनले सन् २००४ मा पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई राष्ट्रपति चुनावमा सहयोग गरेकी थिइन् ।

कतिपय अधिवक्ताहरुले उनलाई प्रहरीको अत्याचारको विषयमा केहि नगरेको आरोप लगाएका छन् उनले सन् २०१४ र २०१५ मा प्रहरी द्वारा दुई काला जातिका मानिसको हत्या गरिएको विषयमा अनुसन्धान गर्न अस्वीकार गरेकी थिइन् ।

सन् २०१३ मा राष्ट्रपति बाराक ओबामाले उनलाई देशको सबै भन्दा राम्रो महान्यायाधिवक्ता रहेको बताएका थिए । पछि आलोचकहरुले त्यो असमानता भएको बताएपछि उनले माफी मागेका थिए ।

ओबामाको समयमा उनलाई सर्वोच्च अदालतको लागि सिफारिस गरिने बताइएको थियो तर कमलाले पछि आफुलाई त्यसमा चासो नभएको बताएकी थिइन् ।

सन् २०१४ मा उनले कर्पोरेट अभिवक्ता डग एमहफसँग विवाह गरिन् । एमहफको पहिलाको श्रीमतीबाट दुईजना बच्चा छन् । उनीहरु ह्यारिसलाई 'मोमाला' भनेर सम्बोधन गर्दछन्  । 

उनले सन् २०१६ मा अमेरिकाको सिनेटमा चुनाव जितिन् उनले २० वर्षको राजनीतिक अनुभव भएकी डेमोक्रेट लोरेट्टा सान्च्जलाई हराएकी थिइन् ।

सन् २०१७ मा उनले महाधिवक्ता जेफ सेसन्सलाई रसिया अनुसन्धानको विषयमा प्रश्न गरेपछि भाइरल भएकी थिइन् । उनले सन् २०१९ मा आर्थिक कमजोरी र कम पोल नम्बरको कारण आफ्नो राष्ट्रपति चुनावको अभियान अन्त्य गरेकी थिइन् । उनी आफुलाई एक कडा स्वभाव भएको व्यक्तिको रुपमा बताउछिन् ।

(एजेन्सीहरुको सहयोगमा)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै