• २०८१ बैशाख २१ शुक्रबार

टी-२० क्रिकेटमा क्रिस गेलको एक हजार छक्का !

kharibot

काठमाडौँ । युनिभर्स बोसको नामले विश्व क्रिकेटमा चर्चित क्रिस गेलले टी-२० क्रिकेटमा एक हजार छक्का प्रहार गरेर नयाँ किर्तिमान बनाएका छन् ।

गएराती सम्पन्न आइपिएल अन्तर्गतको खेलमा गेलले राजस्थान रोयल्सविरुद्धको खेलमा ८ छक्का प्रहार गर्दै आफ्नो क्यारियरमा एक हजार एक छक्का प्रहार गरेका छन् ।

गेल टी-२० क्रिकेटको इतिहासमा अहिलेसम्म सबै भन्दा बढी छक्का प्रहार गर्ने खेलाडी समेत हुन् । गेलले आफ्नो क्यारियरको ४१० खेलमा एक हजार एक छक्का हानेका छन् ।

त्यस्तै गेलपछि आफ्नो क्यारियरको टी-२० खेलमा धेरै छक्का प्रहार गर्ने खेलाडी वेस्टइन्डिजकै केरन पोलार्ड हुन् । पोलार्डले ५२४ खेलमा ६९० छक्का प्रहार गरेका छन् ।

त्यस्तै न्युजील्याण्डका ब्रेण्डम म्याकुलमले ३७० खेलमा ४८५ छक्का प्रहार गरेका छन् भने अस्ट्रेलियाका शेन वाटशनले ३४३ खेलमा ४६७ छक्का प्रहार गरेका छन् ।

त्यसति यस सुचिमा पाँचौ स्थानमा वेस्टइन्डिजका आन्द्रे रसेल रहेका छन् । रसेलले ३३९ खेलमा ४४७ छक्का प्रहार गरेका छन् ।

यसका साथै गेल आइपिएलमा पनि सर्बाधिक छक्का प्रहार गर्ने खेलाडी हुन् । गेलले आइपिएलमा अहिलेसम्म १३१ खेलमा ३४९ छक्का प्रहार गरेका छन् ।

त्यस्तै एबी डिभिलीयर्सले १६६ खेलमा २३२ छक्का प्रहार गरेका छन् भने महेन्द्र सिंह धोनीले २०३ खेलमा २१६ छक्का प्रहार गरेका छन् । त्यस्तै रोहित शर्माले आइपिएलमा १९७ खेलमा २०९ छक्का प्रहार गरेका छन् भने विराट कोहलीले १८९ खेलमा २ सय छक्का प्रहार गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै