• २०८१ बैशाख २१ शुक्रबार

क्रिस गेल ९९ मा आउट, राजस्थानले पायो १८६ रनको लक्ष्य

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले राजस्थान रोयल्सलाई १८६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाउदै १८५ रन बनाएको हो ।

पञ्जाबका लागि क्रिस गेलले सर्बाधिक ९९ रन बनाएका थिए । गेलले ६३ बल खेल्दै ६ चौका र ८ छक्का प्रहार गर्दै ९९ रन बनाएका हुन् । गेलले ९९ रन बनाएको अवस्थामा जोफ्रा आर्चरले उनलाई बोल्ड गरेका थिए । साथै गेलले आफ्नो टी-२० क्यारियरमा एक हजार छक्का पुरा गरेका छन् । 

त्यस्तै कप्तान केएल राहुलले ४६ रनको योगदान दिए भने निकोलस पुरनले ९ बलमा २२ रन बनाएका थिए । त्यस्तै मनदीप सिंह शुन्यमा आउट भएका थिए । त्यस्तै ग्लेन म्याक्सवेलले अविजित ६ रन बनाए ।

राजस्थानका लागि जोफ्रा आर्चर र बेन स्टोकले २-२ विकेट लिएका थिए ।

जारी आइपिएलमा पञ्जाबले ६ जित र ६ हार बेहोरेको छ भने राजस्थानले ५ जित र ७ हार बेहोरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै