• २०८१ बैशाख १५ शनिबार

को हुन् अभिनेत्री तापसी पन्नुका खेलाडी प्रेमी ?

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री तापसी पन्नु अहिले आफ्ना प्रेमीका कारण चर्चामा रहेकी छन् । सामाजिक संजाल इन्स्टाग्राममा तापसीले पोष्ट गरेको एक विकिनी सहितको भिडियोमा उनका प्रेमी माथियस बो देखिएका छन् ।

तापसीले पोष्ट गरेको भिडियोमा माथियससँग देखिएपछि उनको प्रेमीको बारेमा चासो बढेको छ । तापसीले पछिल्लो केहि बर्षदेखि माथियससँग डेट गरिरहेकी छन् ।

माथियस डेनमार्कका चर्चित ब्याडमिन्टन खेलाडी हुन् । ६ बर्षको उमेरबाट ब्याडमिन्टन खेल्न शुरु गरेका माथियस अहिले भने प्रोफेशनल ब्याडमिन्टन खेलाडीबाट सन्यास लिएका छन् ।  उनले २०१२, २०१५ र २०१७ मा युरोपियन गेम्समा गोल्ड मेडल जितेका थिए । साथै उनले २०१२ को समर ओलम्पिक्स र २०१३ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका थिए ।

तापसीको जन्मदिनको दिन माथियसले एक पोष्ट लेख्दै तापसीको बारेमा लेखेका थिए । सो पोष्टमा उनले आफुले एक युवती भेटाएको र तिम्रो अनुहारमा खुशी ल्याउने पुरा कोशिश गर्ने छु भन्ने पोष्ट गरेपछि उनीहरुको अफ्येर्सको खबर बाहिर आएको थियो ।

तापसीले माथियससँगको रिलेसनसिपको बारेमा आधिकारिक रुपमा केहि नभने पनि उनी माथियससँग अहिले माल्दिभ्समा बिदा मनाइरहेकी छन् ।

तापसीको २०२० मा थप्पड फिल्म रिलिज भएको थियो भएन सो फिल्ममा उनको अभिनयको निकै प्रसंशा समेत भएको थियो । उनी हाल हसीन दिलरुबा र जन गन मन फिल्ममा काम गरिरहेकी छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै