• २०८१ बैशाख १७ सोमबार

नेपाली सेनाद्वारा तीन बर्षदेखि अवरुद्ध दार्चुलाको गोरेटो बाटो बनाएर हस्तान्तरण

kharibot

काठमाडौँ । नेपाली सेनाले तीन बर्षदेखी अवरुद्ध रहेको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला सदरमुकामदेखि घाटीबगड हुदै छाङरु जाने  गोरेटो बाटो बनाएर हस्तान्तरण गरेको छ ।

नेपाली सेनाले दार्चुलाको व्यास नगरपालिकाका वडा नम्बर १ का जनतालाई परेको असुविधा, मुख्य रुपमा नेपाली भूमिमै एक ठाउबाट अर्को ठाउमा जान पनि विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हटाउन गत जेष्ठ २६ गतेबाट दक्ष जनशक्ति सहित निर्माण कार्य शुरु गरेकोमा चार महिना भित्र सम्पन्न गरी स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सांसद गेल्वो सिहं वोहोरा, सुदूर पश्चिम पृतनापति निर्मल कुमार थापा, प्रदेश प्रमुख सचिव रामकृष्ण सुवेदी, प्रमुख जिल्ला अधिकारी, दार्चुला शरद कुमार पोखरेल, निर्देशक, जनसम्पर्क तथा सूचना निर्देशनालय स.र. सन्तोष बल्लभ पौडेल, नि. बाहिनीपति, २५ बाहिनी अड्डा महा सेनानी कृष्ण जि.सी., युद्धकार्य महाशाखा प्रमुख महासेनानी गौरव के.सी लगायतको उपस्तिहती रहेको थियो ।

उक्त आयोजना हस्तान्तरणको क्रममा प्रदेश मुख्यमन्त्री भट्टले नेपाल सरकार र नेपाली सेनालाई यस्तो कठिन अवस्थामा पनि जनताको माग अनुसार उत्कृष्ट कार्य गरेकोमा सराहना गर्दै धन्यवाद दिएका थिए ।

नेपाली सेनाले नेपाली भू-भागको रक्षा गर्दै गरेको यो कार्यले नै महाकाली करिडोर निर्माणको लागि थप उर्जा प्रदान गर्ने भन्दै उनले व्यास गाउंपालिका वडा नं. १ मा प्रदेश सरकारले विकासको प्याकेज ल्याउन लागेको र त्यसमा पनि नेपाली सेनाको अहम भूमिका हुने बताए ।

प्रदेश सासंद बोहोराले पनि नेपाली सेनाले गरेको कार्यको मुक्तकण्ठले प्रशंसा गर्दै तम्पाकु क्षेत्रमा पनि नेपाली सेनाले पहल लिई कार्य गरि दिएमा सहज हुने धारणा व्यक्त गरे । यस आयोजनामा नेपाली सेनासंग काम गरेका स्थानिय श्रमिक बंगा सिंह भण्डारीले आफुहरुले यस आयोजनामा रोजगारी पाएको, नेपाली सेनाले उल्लेख गरे बमोजिमको भत्ता उपलव्ध गराएको र राम्रो काम भएको भनी प्रशंसा गरेका थिए ।

सुदूर पश्चिम पृतनाका पृतनापतिले यस कार्यमा संलग्न सबैजना सकलदर्जा लगायत सबैलाई धन्यवाद दिंदै यस कार्यमा नेपाली सेनालाई सहयोग गर्ने प्रदेश सरकार, स्थानिय सरकार लगायत सबैलाई सहयोगको लागि आभार व्यक्त गरेका थिए ।

यस गोरेटो बाटो निर्माणबाट सो क्षेत्रका करिब १२५० जना प्रत्यक्ष लाभान्वित भएको नेपाली सेनाले जनाएको छ । यो बाटो बनाउदा कुल १ करोड ८ लाख ३६ हजार निकाशा भई कुल ४५० मि. लामो र २ मि. चौडा बाटो बनाउने प्रारम्भिक लक्ष्य रहेको भएतापनि जमिनको बनावट र यर्थाथ आवश्यकताको कारण सम्पन्न गर्नुपर्ने लम्बाई ५५० मि. हुन पुगेको सेनाले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै