• २०८१ बैशाख २४ सोमबार

व्यवसाय जीवन रक्षा कोष तत्काल कार्यान्वयनमा ल्याउन माग

kharibot

फाइल तस्वीर

गण्डकी । पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारद्वारा घोषित व्यवसाय जीवन रक्षा कोष तत्काल कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

संघले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दामु अधिकारीले घोषित कोषबाट राहत पाउने आशामा रहेका व्यवसायी कार्यविधि नै नवन्दा निराश बनेको उल्लेख गरे ।

कोरोनाका कारण प्रभावित व्यवसायलाई उठाउन राज्यले सहयोग गर्नुपर्ने निजी क्षेत्रको माग रहेको बताउँदै उनले नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति मार्फत घोषित राहत प्याकेज वास्तविक पीडित व्यवसायीले पाउनुपर्नेमा जोड दिए । बन्दाबन्दी खुले पनि उद्योग/व्यवसायले गति लिन नसकेको बताउँदै उनले कोरोनाद्वारा सिर्जित विषतमताकै बीच कतिपय व्यवसायी पलायन भएको र धेरैजसो बैंकबाट लिएको कर्जाको साँवा र ब्याज कसरी बुझाउने भन्ने चिन्तामा रहेको बताए ।

पोखरा उद्योग वाणिज्य संघले अघिल्लो वर्ष पुस १८ देखि २८ गतेसम्म आयोजना गरेको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६ बाट करिब ९८ लाख २३ हजार ४०० रुपैयाँ आम्दानी र विविध खर्चमा ८५ लाख ८१ हजार १०७ रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । मेलाबाट १२ लाख ४२ हजार जति बचत हुने अपेक्षा गरिएको संघले जनाएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै