• २०८१ बैशाख १२ बुधबार

'सिटिइभिटी'द्वारा टिभेट पत्रकारिता पुरस्कार स्थापना

kharibot

प्रतिनिधी तस्वीर

भादगाउँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले टिभेट पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।

सिटिइभिटीले आज प्रेस विज्ञप्ती जारी गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम (टिभेट) जनसचेतना अभियान अन्र्तगत टिभेट पत्रकारिता पुरस्कारको स्थापना गरिएको जानकारी दिएको हो ।

नेपालमा टिभेट सम्बन्धी खोजमूलक समाचार रिपोर्टिङलाई प्रोत्साहित गर्न तथा टिभेटको प्रवद्र्धनमा नेपाली सञ्चारमाध्यमको योगदानको कदर समेत गर्नका लागि सो पुरस्कार स्थापना गरिएको सिटिइभिटीका सूचना अधिकारी अनिल ब्रजाचार्यले जानकारी दिए ।

पुरस्कारको राशि प्रमाणपत्रसहित प्रथम हुनेलाई रु ४० हजार, द्धितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १० हजार रहेको छ । पुरस्कारको घोषणा आगामी मङ्सिर १६ गते हुनेछ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै