• २०८१ बैशाख २७ बिहीबार

सिद्घार्थ बैंकको 'एसबिएल डिबेन्चर २०८४' ऋणपत्र निष्काशन

kharibot

काठमाडौ । सिद्धार्थ बैंक लिमिटेडले यही असोज १६ गतेदेखि ३ अर्ब ३० लाख कित्ताको ऋणपत्र निष्काशन खुला गर्ने भएको छ । 

बैंकले प्रतिकित्ता एक हजारको दरले ३० लाख कित्ता ८.५० प्रतिसत एस.बि.एल. डिबेन्चर २०८४ बिक्री खुला गर्न लागेको हो । यसमा लगानीकर्ताले वार्षिक ८.५० प्रतिसत ब्याजदर पाउन सक्नेछन ।

बैंकले ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाखकित्ता सर्वसाधारण लगानीकर्तालाई र १८ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ । उक्त ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ । 
लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन । 

यसको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले पर्याप्तमात्रामा सुरक्षा जनाउने रेटिङ्ग दिएको छ । 

ऋणपत्र निष्काशन बन्द हुने मिति छिटोमा २०७७ असोज २० गते र ढिलोमा असोज ३० गते रहेको छ । 
 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै