• २०८१ बैशाख १७ सोमबार

चन्द्रप्रकाश बानियाँलाई महारानी उपन्यासका लागि २०७६ को मदन पुरस्कार

kharibot

काठमाडौँ । मदन पुरस्कार गुठीले २०७६ को मदन पुरस्कार महारानी उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरको छ  ।

गुठिको आइतबार बसेको साधारण सभा बैठकले महारानीका लेखक बानियाँलाई २०७६ को मदन पुरस्कार दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दिक्षितले जानकारी दिएका छन्  ।  

मदन पुरस्कारका लागि गत वर्ष प्रकाशित चर्चित पुस्तकमध्ये ७ पुस्तक छनोट भएका थिए ।

गुठीले कुल १५१ पुस्तकमध्येबाट जम्मा सात वटा पुस्तक अन्तिम सूचीमा छनोट गरेको थियो ।

अन्तिम सूचीमा सूचीबद्ध गरिएका पुस्तकहरुमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी घर्ममहारसको महारसनि महारसनिघण्टु (१–३), चन्द्र प्रकाश बानियाँको महारानी, ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेको थियो ।

यस अघि २०७५ सालको मदन पुरस्कार रणहार कृतिका लागि सर्जक योगेश राजले पाएका थिए ।

त्यस्तै २०७६ को जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिने निर्णय गरेको छ ।

स्व. ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो । पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरू भएको हो । गुठीको निर्णयअनुसार प्रारम्भमा पुरस्कारको रकम  ४ हजार रहेकोमा स्वर्णवर्षको अवसरमा २०६१ सालदेखि यसको रकम २ लाख पुर्याइएको थियो ।

२०१३ सालमा पहिलोपटक 'हाम्रो लोकसंस्कृति' का लागि सत्यमोहन जोशी, 'जनरल भीमसेन थापा' का लागि चित्तरञ्जएन नेपाली तथा 'अधिकविभव स्थिरविद्युत् उत्पादक' का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन ।

रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको रू एक लाखको पुरस्कार जगदम्बाश्री सोही सालबाट नै वितरण भएको हो र हाल यस पुरस्कारको रकम रू. दुई लाख छ । २०४५ सालमा नारायणगोपाल गुरूवाचार्यले सर्वप्रथम यो पुरस्कार प्राप्त गरेका थिए ।

मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो भने जगदम्बाश्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै