• २०८१ बैशाख २२ शनिबार

दैनिक बदाम सेवन गर्दा हुन्छन् यी फाइदा !

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । दैनिक रुपमा बदामको सेवन गर्दा स्वास्थ्यको लागि निकै फाइदाजनक हुने गर्दछ । स्वास्थ्य रहनको लागि राती बदामलाई भिजाएर राख्ने र बिहान सेवन गर्नुपर्दछ ।

स्वस्थ र फिट रहनको लागि हरेक दिन भिजाइएको बदाम सेवन गर्नुपर्दछ । भिजाएको बदाममा थुप्रै मात्रामा पौष्टिक तत्व पाइन्छ । 

मुटुको लागि फाइदाजनक 

भिजाएको बदामको सेवनले मुटुलाई फाइदा गर्दछ । मुटु सम्बन्धि समस्या भएका बिरामीको लागि दैनिक बदाम सेवन गर्नुपर्दछ । बदामलाई राति भिजाएर राख्ने र बिहान त्यसको नियमित सेवन गर्दा हृदयघातबाट बच्न सकिन्छ ।

ग्यास र एसिडिटीको समस्या समाधान 

बिहान भिजाएको बदाम खाँदा ग्यास र एसिडिटीको समस्या समाधान हुन्छ । भिजेको बदाममा  पोटाशियम, म्यागनिज, कपर, क्याल्सियम, आयरन र सेलेनियम पर्याप्त मात्रामा पाइन्छ जसले शरीरलाई स्वास्थ्य राख्न सहयोग गर्दछ ।

जोर्नीको दुखाई कम गर्छ 

जोर्नीको समस्या भएका व्यक्तिले दैनिकरुपमा बदाम खाँदा दुखाई कम हुँदै जान्छ । भिजेको बदामको सेवन गर्दा जोर्नीको समस्या समाधान हुन्छ ।

कम्मरको दुखाई कम गर्छ 

कम्मरको दुखाई कम गर्नको लागि नियमित रुपमा बदामको सेवन गर्नुपर्दछ । भिजेको बदामले कम्मरको समस्या कम हुँदै जान्छ ।

स्मरणशक्ति तिब्र हुन्छ 

भिजेको बदमको प्रयोगले स्वास्थ्यको लागि निकै फाइदा गर्छ र हरेक दिन बिहान बदाम सेवन गर्दा स्मरणशक्ति तिब्र हुन्छ । स्मरणशक्ति वृद्धि गर्नको लागि दैनिक बदाम खानुपर्दछ ।

क्यान्सर कोषिकाहरुको वृद्धि रोक्छ 

भिजेको बदाममा थुप्रै औषधीयुक्त गुण पाइन्छ जसले क्यान्सर सेल्स बढ्न रोक्न सहयोग गर्छ । दैनिक भिजेको बदाम सेवन गर्दा शरीर स्वास्थ्य हुँदै जान्छ ।

छालाको लागी उपयुक्त 

भिजेको बदाम सेवनले छालाको गुण बढाउन सहयोग गर्छ । स्वास्थ्य त्वचाको लागि दैनिक बिहान बदाम खानुपर्छ ।

शरीरमा रगतको कमि पुरा गर्छ 

बदामको सेवन गर्दा शरीरमा रगतको कमि जस्तो समस्या भएका व्यक्तिको लागि औषधिको काम गर्दछ । एनीमियाको बिरामीले नियमित रुपमा बदाम खानुपर्दछ ।

आँखा स्वास्थ्य राख्छ 

बदामले आँखाको अवस्था स्वास्थ्य राख्न सहयोग गर्छ । दैनिक सेवन गर्दा आँखाको दृष्टि तेज हुन्छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै