• २०८१ बैशाख १८ मंगलबार

भारतीय रेलको ठक्करबाट एक नेपाली गम्भीर घाइते

kharibot

प्रतिनिधि तस्वीर

वीरगन्ज । भारतको विहारस्थित सुगैलि रेल्वे स्टेशनमा रेलको  ठक्करबाट एक जना नेपाली गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा पर्साको बहुदरमाई नगरपालिका वडा नं.७ भौराटार बस्ने ७७ वर्षिय बाला हुसेन मियाँ धोवी रहेका छन् । 

रेलमा चढ्ने क्रममा खुट्टा चिप्लेर रेल्वे ट्रयाकमा लडेका उनको दाहिने खुट्टा रूपमा काटिएको तथा देब्रे खुट्टाको औलाहरु काटिएर गम्भीर घाईते भएको हुन् ।रेल्वे प्रसारणका कर्चारी र रेल्वे पुलिसको सहयोगमा अहिले उनको उद्दार गरिएको छ ।

उनको प्राथमिक उपचार गरेर थप उपचारका लागि उनलाई भारतको बिहारस्थित मोतिहारीको सरकारी अस्पतालमा लगिएको  छ ।

घटनाका प्रत्यक्षदर्शी स्थानीय युवा नेता पराकुद्दिनले गम्भीर घाईते मियाँ रेल चढ्ने क्रममा उनको खुट्टा चिप्लेर रेल्वे ट्रयाकमा लडेका थिए  । स्थानीय प्रशासनद्वारा उद्दार गरी स्वास्थ्य उपचार भईरहेको जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै