कपिलवस्तु । तौलिहवास्थित बालमन्दिर भवनको मतदान केन्द्र महिलाहरुको नेतृत्वको जिम्मेवारीमा सुम्पिएको छ ।
उक्त मतदान केन्द्रमा आठ जना महिला कर्मचारी रहेका छन् ।
महिला कर्मचारीको प्रयासबाट मतदानस्थलको निर्माण सम्पन्न गरी भोलि हुने मतदान प्रक्रियालाई सहज र शान्त ढंगबाट सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा गरिएको मतदान अधिकृत कमला पौडेलले बताए । यस केन्द्रमा ६८६ मतदाता रहेका छन् ।









