• २०८१ बैशाख २४ सोमबार

बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना पुष्टि

kharibot

हेटौँडा । बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोनो संक्रमण भएको पुष्टि भएको छ ।

हेटौँडामा गरिएको स्वाव परिक्षणणबाट उपसभामुख तामाङसहित उहाँका नौ वर्षीय छोरामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

साउन १५ गते संघीय राजधानी काठमाडौँ गएका बेला भएका विभिन्न राजनीतिक जमघटहरुका क्रममा कोरोना सङ्क्रमण भएको अनुमान गरिएको छ ।

साउन १५ गते उपसभामुखसहितको टोली काठमाडौँ पुगी साउन २५ गते मात्रै फर्केको थियो । सो क्रममा उपसभामुख तामाङले गृहजिल्ला नुवाकोटका तीन वटा टोलीसँग भेटघाट र छलफल गरेको बताइएको छ ।

कोरोना सङ्क्रमण पछि यतिखेर उपसभामुखको परिवार सरकारी निवासमा होम आइसोलेसनमा रहेकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै