• २०८३ असार ३ बुधबार

नगरपालिकाको इन्जिनियरविरुद्ध आरोप-पत्र दायर

नगरपालिकाको इन्जिनियरविरुद्ध आरोप-पत्र दायर

प्रतिनिधि तस्वीर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर विरुद्ध आरोप-पत्र दायर गरेको छ ।

अख्तियारले पोखराबाट पठाईएको टोलीले उपभोक्ता समितिबाट भएको सडक निर्माण सम्बन्धी योजनामा भुक्तानी दिएबापत घुस लिइसकेको अवस्थामा नगरपालिकाको इन्जिनियरलाई नियन्त्रणमा लिएको बताएको छ ।

अनुसन्धानको क्रममा बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर मिलन अधिकारीले सेवाग्राहीसँग गुजा-सिलगुम-ओखरधारा-खोलेसिबाङ सडक निर्माण योजनाको अन्तिम मुल्याङ्कन बनाउने प्रयोजनको लागि एक लाख  घुस लिएको पुष्टि भएको कारण आइतवार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको अख्तियारले जनाएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै