• २०८१ बैशाख २० बिहीबार

घरेलु तथा साना उद्योग कार्यालय अधिकृतविरुद्ध मुद्धा दायर 

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका उद्योग अधिकृतविरुद्ध मुद्धा दर्ता गरेको छ ।

अख्तियारले घरेलु तथा साना उद्योग कार्यालयका सातौं तहका उद्योग अधिकृतले ठेक्का पट्टाको अनुमति-पत्र (लाइसेन्स) बनाईदिने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ९६ हजार तीन सय घुस लिइसकेको अवस्थामा बुटवलबाट पक्राउ गरेको बताएको छ ।

अनुसन्धानको क्रममा घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज, बाँकेका उद्योग अधिकृत हुकुम बहादुर ओलीले भ्रस्टाचार गरेको पुष्टि भएकोले आइतबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दर्ता गरिएको अख्तियारले जनाएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै