• २०८१ बैशाख १५ शनिबार

ओम अस्पताल मृत्यु भएकी ७२ वर्षीया महिलामा कोरोना पुष्टि

kharibot

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा थप एकजनाको मृत्यु भएको छ ।

ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले श्रावण १७ गते ओम अस्पतालमा मृत्यु भएकी महिलाको आईसीयूमा भर्ना भएए उपचारका क्रममा मृत्यु भएको बताएका छन् । महिलाको स्व़ाब परिक्षणमा  संक्रमण पुष्टि भएको उनले बताए । 

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय