• २०८१ बैशाख २३ आइतबार

नेप्सेमा सामान्य गिरावट, ९१ करोडको सेयर किनबेच

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौं । नेप्सेमा सामान्य गिरावट आएको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से एक दसमलव २९ अंकले घटेर १३ सय ८१ दसमलव ३७ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ६३ अंकले घटेर दुई सय ८९ दसमलव ५५ बिन्दुमा झरेको छ ।

एक सय ८६ कम्पनीहरुको २० हजार पाँच सय ४८ वटा कारोवार भएको छ । सोही आधारमा आज २३ लाख ३७ हजार दुई सय ३० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९१ करोड ८१ लाख ८९ हजार चार सय ३० रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा कमाउने र गुमाउने बराबर रहेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ९३ अंकले घटेर ११ सय ७९ दसमलव ९१ बिन्दुमा झर्दा जलबिद्युत समुहको सुचक चार दसमलव १३ अंकले घटेर नौ सय ४३ दसमलव ८३ बिन्दुमा झरेको छ । यसैगरी होटल, लघुबित्त, अन्य र सामुहिक लगानी कोष समुहको सुचक घटेकाछन ।

बिकास बैंक समुहको सुचक भने १० दसमलव चार अंकले बढेर १७ सय ३८ दसमलव ६० बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ३१ दसमलव ८७ अंकले बढेर छ हजार तीन सय छ दसमलव ८७ बिन्दुमा झरेको छ । यसैगरी जीवन बीमा, होटल होटल र उत्पादनमुलक समुहको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको गुराँस लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर नौ सय २४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको महिला सहयात्रा लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ छ पैसाले घटेर छ सय ६७ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नंबीमा कम्पनीको प्रतिकित्ता पाँच सय ७५ रुपैयाँ अन्तिम मुल्यमा ११ करोड ७८ लाख ५१ हजार ८८ रुपैयाँको कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै