• २०८१ भदौ २३ आइतबार

उपप्रधानमन्त्री तथा कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई लक्षित गरी बम प्रहार

kharibot

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्जामा बम प्रहार गरिएको छ ।

स्याङ्जाको भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा अपरान्ह ५:३० तिर उनको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको थियो ।

बम प्रहारबाट मानवीय तथा भौतिक क्षति भने नभएको जनाइएको छ । भाग्यवस उनको गाडी उनको सुरक्षार्थ खटिएको स्कर्टिङ्गको गाडी घट्ना स्थल कटेको २० सेकेण्ड पछि सो विष्फोट भएको थियो । 

करिब १० मिनेट पहिले सोही रुट भएर नेकपा एमाले र बाम गठबन्धनका कार्यकर्ताहरु सबार गाडि गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै