• २०८१ बैशाख १७ सोमबार

के हो बिटक्वाइन ? जसको लागि हाइप्रोफाइल ट्वीटर एकाउन्ट ह्याक गरियो

kharibot

काठमाडौँ । हाइप्रोफाइल व्यक्तिहरुका सामाजिक संजाल ट्वीटरका एकाउन्ट ह्याकले विश्वमा खैलाबैला भएको छ ।

अमेरिकाको प्रख्यात व्यक्तिहरु जसलाई संसारभरीका अधिकांश मानिसले चिनेको छन्, उनीहरुको अकाउन्ट  एक कथित ठगीको माध्यामबाट ह्याकिंगको शिकार भएको छ ।

बुधवार राति अरबपति ब्यापारी एलन मस्क, जेफ बेजोस र बिल गेट्स सहित थुप्रै व्यापारी र नेताहरुको  ट्विटर अकाउन्ट ह्याक भयो ।

ट्विटरका सिईओ ज्याक डर्सीले यो ट्वीटरको लागि एक मुश्किल दिन रेहको बताएका छन् । उनले भने, 'जे भयो त्यसलाई देखेर निकै नराम्रो अनुभव भइरहेको छ ।'

उक्त ह्याकिंगलाई 'बिटक्वाइन स्क्याम' भनिएको छ । किनभने जुन अकाउन्ट ह्याक गरियो, त्यसको माध्यमबाट ट्वीट गरी मानिसहरु संग बिटक्वाइनमा अनुदान मागिएको छ । 

'कसैले मलाई समाजबाट केहि फिर्ता दिन चाहन्छ भने अब समय आएको छ, मलाई एक हजार डलर पठाउनुहोस् म दुई हजार डलर फिर्ता गर्नेछु ।' बिल गेट्सको अकाउन्टबाट ट्वीट गरियो । 

टेस्ला र स्पेस एक्स का प्रमुख एलन मस्कको अकाउन्टबाट, 'आउँदो एक घण्टामा बिटक्वाइनमा पठाईएको पैसा दुई गुणा गरेर फिर्ता गरिनेछ ।' भनि ट्वीट भयो ।

त्यस्तै प्रख्यात अमेरिकी र्या्प गायक कायन वेस्ट,  पूर्व राष्ट्रपति बराक ओबामा र डेमोक्रेटिक पार्टी का राष्ट्रपति पदका उम्मेदवार जो बाइडेन संगै विश्वको ठुला कम्पनि उबर र एप्पलको अकाउन्ट पनि ह्याक गरिएको छ ।

केहि समयमा नै मानिसहरुले ह्याकरलाई एक लाख डलर भन्दा धेरै बिटक्वाइन पठाएका थिए । लक्षित गरिएको अकाउन्टहरुमा लाखौं फलोअर्स रहेका छन् ।

बिटक्वाइन के हो ?

यस स्क्याम पछि सामाजिक संजालमा धेरै मानिसहरु बिटक्वाइनको बारेमा प्रश्न गरिरहेका छन् । बिटक्वाइन एक डिजिटल मुद्रा वा एक भर्चुअल करेन्सी हो । नेपालमा  रुपैयाँ,  अमेरिकामा डलर,  वेलायतमा पाउन्ड चल्छ र यो भौतिक मुद्रा हो जसलाई मानिसले देख्न , छुन र

नियम अनुसार कुनै पनि ठाउँ वा देशमा यसको प्रयोग गर्न सक्छन् तर क्रिप्टो करेन्सी भिन्न हुन्छ ।

अन्य मुद्रा जस्तै यसलाई छाप्ने काम हुँदैन त्यसैले यसलाई केवल अनुभव गर्ने भर्चुअल मुद्रा भनिन्छ ।

बिटक्वाइनको बारेमा दुईवटा कुरा महत्वपुर्ण हुन्छ, एक बिटक्वाइन डिजिटल मतलब इन्टरनेटको माध्यामबाट प्रयोग हुने प्रकारको मुद्रा हो र अर्को यसलाई पाराम्परिक मुद्राको भिन्न रुपमा पनि देखिन्छ । खल्तीमा राखिएको नोट र सिक्का भन्दा भिन्न  बिटक्वाइन अनलाइनमा आधारित हुन्छ।

बिटक्वाइनलाई कुनै सरकार वा सरकारी बैंकले छाप्दैन । एक्सपीडिया र माइक्रोसफ्ट जस्तो ठुलो कम्पनि बिटक्वाइनमा लेन-देन गर्दछन् ।

यी सबै माध्यमबाट एक भर्चुअल टोकनको रुपमा काम गर्छ तर बिटक्वाइनको अत्याधिक प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

बिटक्वाइनका फाइदा र नोक्सानी 

बाजारमा बिटक्वाइन बाहेक पनि अन्य क्रिप्टो करेन्सी उपलब्ध छन् जसको प्रयोग आजभोली निकै हुन थालेको छ । जस्तै - रेड क्वाइन, सिया क्वाइन, सिस्कोइन, वाइस क्वाइन र मोनरो ।

क्रिप्टो करेन्सीका थुप्रै फाइदा रहेका छन् । सबै भन्दा धेरै फाइदा भनेको, यो डिजिटल मुद्रा भएको कारण यहाँ ठगिको सम्भावना कम हुन्छ ।

क्रिप्टो करेन्सीमा रिटर्न मतलब फाइदा धरै हुन्छ र अनलाइन लेन-देनमा सजिलो पनि हुन्छ । 

क्रिप्टो करेन्सीको लागि कुनै नियम बनाउने संस्था छैन त्यसैले नोटबन्दी वा मुद्रा अवमूल्यन जस्तो स्थितिमा पनि यसमा कुनै प्रभाव हुँदैन । तर बिटक्वाइन जस्तो भर्चुअल मुद्रामा ठुलो तल-माथी हुने र समस्या दिन सक्ने हुन्छ ।

पछिल्लो पाँच वर्षमा बिटक्वाइन एक दिनमा बिना कुनै सुचना ४० देखि ५० प्रतिशतसम्म गिरावट भएको बताइन्छ । सन् २०१३ अप्रिलमा भएको गिरावट निकै ठुलो थियो, एकै रातमा बिटक्वाइनको मुल्यमा ७० प्रतिशत कम हुँदै दुई सय ३३ डलर बाट ६७ डलर पुगेको थियो ।

अमेरिकी शेयर बाजार वाल स्ट्रीटले सावधानी गराउँदा पनि त्याँहा बिटक्वाइनको लेन-देन जारी राख्न अनुमति दिईएको छ तर घाटाको सम्भावना सधै बनिरहेको हुन्छ ।

यसको सबै भन्दा ठुलो घाटा भनेको यो भर्चुअल मुद्रा हो र लेनदेनको व्यापार निकै चुनौतिपूर्ण हुन्छ ।

यस मुद्राको प्रयोग ड्रग्स सप्लाई र हतियारको गैरकानुनी व्यापार र किनबेच जस्तो अवैध कामको लागि गरिन्छ ।

यसमा साइबर आक्रमणको खतरा पनि सधै रहन्छ तर विशेषज्ञको अनुसार ब्ल्याक चेनलाई ह्याक गर्न सजिलो हुँदैन ।
- बीबीसी हिन्दीबाट  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै